वीरगञ्ज ।विरगंजमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनु भयाे ।
संक्रमित हुनेमा ‘२ वर्ष देखि ६५ वर्ष उमेरका छन्, ३४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन्,’ उनले भने । कन्ट्याक्ट ट्रेसिङमा मात्रै नभएइ पेड पीसीआर गराएकामा पनि कोरोना देखिएको उनले बताए ।संक्रमितमध्ये २० जना वीरगञ्जकै छन् ।
वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो । नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।