• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सप्तरीमा एकपछि अर्को ‘लकडाउन’, संक्रमितको संख्या ४ सय ६२ पुग्यो

  • वीरगंज संजाल
  • १३ श्रावण २०७७, मंगलवार १६:३९
  • २८६९

    राजविराज  | संघीय सरकारले लकडाउन खुला गरेपनि सप्तरीमा भने एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै लकडाउन गर्ने निर्णय गरेका छन् । कोरोना संक्रमण (कोभिड(१९) को जोखिम बढेको भन्दै मंगलबारदेखि राजगढ र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाले अनिश्चितकालका लागि सार्वजनिक सेवाहरु बन्द गरेका छन् ।

    अग्नीसाइर कृष्णसवरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गरी समुदाय स्तरमा कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेकाले गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको जनाए ।

    अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिँदै यादवले हाटबजार नलगाउन, गोष्ठि-सेमिनार नगर्न, भीडभाड नगर्न, पसल, व्यापार, व्यवसाय, सरकारी, गैरसरकारी र वित्तीय संस्था सञ्चालन नगर्न, नगराउन, अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।

    अत्यावश्यक कामका लागि निस्किनु परेमा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न पनि सो विज्ञप्तिमा अनुरोध गरिएको छ । राजगढ गाउँपालिकाले पनि मंगलबादेखि गाउँपालिकाको अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण समुदायमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै उच्च जोखिम न्यूनिकरणका लागि गाउँपालिका र वडा कार्यालय समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष परमानन्द यादवले बताए ।

    रुपनी गाउँपालिका १ ले पनि कामकाज ठप्प गरेको छ । राजविराजमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै राजविराज नगरपालिकाले एक साताअघि मंगलबार लकडाउन कडा गर्ने निर्णय गरेको थियो ।

    राजविराज नगरपालिका-६ का ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको मृत्युपछि ‘कन्याक्ट र ट्रेसिङ’ गर्दै जाँदा परिवारका पाँचजना सदस्य, उनको घर, पसल र कलेजका कामदार, छिमेकी तथा उनीहरुको परिवारमा समेत कोरोना पुष्टि हुँदै गएपछि राजविराज नगरपालिकाले बुधबारदेखि लकडाउन पूर्ण पालना गर्न/ गराउने निर्णय गरेको हो ।

    बिहीबारदेखि लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले राजविराज नगर क्षेत्रभित्र जारी गरेको निषेधाज्ञा कायम छ । समुदायमा कोरोना फैलिएको भन्दै ट्रयाकिङ र ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्दा संक्रमितको सङ्ख्या बढेर ४ सय ६२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

    विष खाएर उपचार गराउन आएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ का ५० वर्षीय पुरुषमा शुक्रबार कोरोना पोजिटिभ देखिएपछि गरिएको परीक्षणमा उनको परिवार र गाउँलेमा समेत संक्रमण देखिएको छ ।

    राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारका सदस्य र सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरी जाँच गर्दा परिवारका पाँचजना र सम्पर्कमा आएका गाउँकै एकजना संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    उनको परिवारका २२, २७, २९, ४० र ५१ वर्षीय पुरुष तथा सम्पर्कमा आएका वडा नम्बर ६ का २२ वर्षीय पुरुष पनि संक्रमित पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिए ।

    भारतबाट आइ मृत्यु भएका कोरोना संक्रमित राजविराज-६ का ७३ वर्षीय व्यापारीको सम्पर्कमा आएका थप दुईजनामा पनि संक्रमण देखिएको छ । राजविराज नगरपालिका ३ का २४ वर्षीय र वडा नम्बर ८ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

    संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको थप रिपोर्ट आउन बाँकी छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार क्वारेन्टाइनमा रहेका ४ वर्षीय बालकसहित सातजना संक्रमित पनि थपिएका छन् ।

    बलान बिहुल गाउँपालिका-१ का २६ वर्षीय, वडा नम्बर-२ का २० वर्षीय, वडा नम्बर-३ का ४, १० र २० वर्षीय, वडा नम्बर-४ का २३ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    सोमबार राती थपिएका यी १५ जना संक्रमितको स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयले मंगलबार पुष्टि गर्ने तयारी गरेको छ । यसअघि सप्तरीमा आइतबार दिउँसो सातजना र राती पुनः १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑