आज:
  • होमपेज / Breaking News

    सौराहामा १५ गतेदेखि होटललगायत अन्य पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारी

  • वीरगंज संजाल
  • १३ श्रावण २०७७, मंगलवार १४:१८
  • ३३४९

    चितवन । लकडाउनका कारण बन्द भएको सौराहाको पर्यटकीय गतिविध करिब चार महिनापछि सञ्चालनमा आउने भएको छ ।सरकारले साउन १५ गतेदेखि विषेश सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने भनेकोले सोही दिनदेखि सौराहा पनि सञ्चालन गर्ने निर्णय गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।मंगलबार बिहान सौराहामा बसेको व्यवसायीहरुको बैंठकले बिस्तारै सबैखाले पर्यटकीय गतिविधि सावधानी अपनाएर सञ्चालन गर्ने निर्णय गरेको हो ।

    सौराहामा होटललगायत अन्य पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारी भएपछि अहिले होटल सरसफाइ, हात्ती सफारी, ढुंगा र जीप सफारीलगायतका पर्यटकीय गतिविधि पनि सञ्चालन गर्ने तयारी व्यवसायीको छ ।बर्खाको सिजन भएकोले अपेक्षितरुपमा पर्यटक नआउने भए पनि सौराहा खुल्यो भन्ने सन्देश महत्वपूर्ण हुने अध्यक्ष भट्टराईले बताए । ‘अहिले त पर्यटकीय सिजन पनि हैन, अर्कोतिर लामो दुरीका सवारीसाधान अझै खुलेका छैनन्, विमान चलेको छैन,’ उनले भने, ‘तर पनि हामी सौराहा खोल्छौं, खुल्ला हुन्छ, जो जति पर्यटक आउनुहुन्छ उहाँहरुलाई सावधानी अपनाएर ससम्मान सेवा दिन्छौं ।’

    सौराहाका व्यवसायीहरुले केही प्रतिशत छुटको अफर दिने तयारीसमेत गरेका छन् । लकडाउन र कोरोना भाइरसका कारणले घरभित्र नै गुम्मिएका, एकढंगले तनाव ब्यहोरेका नेपाली नागरिकहरुलाई रिफ्रेस हुनका लागि सौराहा घुम्न आउन अपिल गरिने अध्यक्ष भट्टराईले बताए ।क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरले सौराहामा हुने पर्यटकीय सबै गतिविधीमा विषेश छुटको प्याकेज दिने बारेमा छलफल भैरहेको बताए ।

    ‘होटल सक्ने होटलले, रेष्टुरेन्टले सक्ने रेष्टुरेन्टले, हात्ती तथा जीप सफारीमा दिन सकिने छुटका बारेमा एकरुपता कायम गरी आन्तरिक पर्यटक प्रवर्द्धनका लागि मिलेर जाने कुरा छ’ निवर्तमान अध्यक्ष घिमिरले भने ।कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटक क्षेत्रले विस्तारै गति लिने विश्वास यहाँका व्यवसायीले गरेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए ।

    अहिले तत्काल पर्यटक नभए पनि पर्यटकीय सिजनमा केही राम्रो होला भन्ने आशा र विश्वास व्यवसायीले लिएका छन् । दशैं तिहारसँगै पर्यटकीय सिजन सुरु हुन्छ ।आन्तरिक पर्यटक भिर्‍याउन र सौराहा खुल्दैछ भन्ने सन्देश दिन युवा व्यवसायीले शनिबार साइकल र्‍याली निकालेका थिए ।कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विषेश सावधानी अपनाउन भन्दैं पाँच बुँदे निर्देशन पनि संघका तर्फबाट जारी गरिने हानका अध्यक्ष भट्टराईले बताए ।सौराहामा ११० होटल सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑