• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:आइतबार ०५ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा समूह-संक्रमणको अवस्था : डब्लूएचओ

  • वीरगंज संजाल
  • १३ श्रावण २०७७, मंगलवार १०:०८
  • २२८५

    वीरगंज | विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोभिड–१९ रोग संक्रमण ‘क्लस्टर अफ केस’ अर्थात् ‘समूहमा संक्रमण’ देखिएको जनाएको छ । यो समुदायमा संक्रमण फैलिनुअघिको अवस्था हो ।उपत्यकाको पूर्वी नाका साँगामा आइतबार यात्रुको स्वाब नमुना संकलन गर्दै स्वास्थ्यकर्मी ।हाल दक्षिण र पूर्वी एसियामा नेपालजस्तै समूहमा संक्रमण भएका मुलुकमा भारत, थाइल्यान्ड, मालदिभ्स, श्रीलंका र म्यानमार हुन् । यसअघि नेपालमा कोरोनाको फैलावट ‘स्पोरोडिक केस’ अर्थात् ‘फाट्टफुट्ट मामिला’ भनेर डब्लूएचओले जनाउँदै आएको थियो ।

    डब्लूएचओले कोरोना फैलावटको स्तरलाई ‘स्पोरोडिक केस’, ‘क्लस्टर अफ केस’ र अन्तमा ‘कम्युनिटी ट्रान्समिसन’, अर्थात् समुदायमा प्रसारण भनेर तीन तहमा परिभाषित गरेको छ । हाल दक्षिण र पूर्वीर् एसियाको मुलुकअन्तर्गत बंगलादेश र इन्डोनेसियामा कोरोना संक्रमण समुदायमा फैलिसकेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार ‘हालसम्म कोरोना समुदायमा फैलिएको प्रमाणित नभएको’ बताए । डब्लूएचओले नेपाललाई ‘ठाउँ विशेषमा कोभिडको केस’ भन्ने सूचीमा राखेको पनि उनले उल्लेख गरे । तर स्वास्थ्य मन्त्रालयकै एक अधिकारीले कान्तिपुरसँग भने, ‘समग्र देशलाई हेर्दा हामीकहाँ कम्युनिटी ट्रान्समिसनभन्दा अगाडिको अवस्था भन्न सकिन्छ तर केही क्षेत्र विशेषका लागि कम्युनिटी ट्रान्समिसनकै अवस्था हो ।’ उनले पर्सा र सप्तरीमा भएको संक्रमणतर्फ संकेत गरे ।

    उनका अनुसार जुन समुदायमा फाट्टफुट्ट रूपमा कोरोना देखिएको छ, त्यहाँ भएका समूहहरूमा संक्रमणको जोखिम उच्च छ । यस्तो अवस्था आउनुको कारण संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सही तरिकाले नहुनु रहेको उनको भनाइ छ ।

    ‘हामी अत्यन्त खतरनाक अवस्थामा छौं । सरकार र समुदायले सकारात्मक भूमिका खेलेनन् भने भारतजस्तो अवस्थामा जानेछौं,’ वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. मधु दीक्षित देवकोटा भन्छिन्, ‘अहिले हामीकहाँ कम्युनिटी ट्रान्समिसन छैन भनेर ठोकुवा गर्ने आधार छैन ।’ उनका अनुसार हालका घटनाहरूले समुदायमा संक्रमणतर्फ संकेत गरिरहेकाले थप सतर्कतासँगै अध्ययन अनुसन्धान आवश्यक छ । अहिलेसम्म मुलुकमा कोरोनाको समुदायमा अवस्था हेर्ने ‘सेरो प्रिभिलेन्स सर्भे’ गरिएको छैन । यो सर्वेक्षण अत्यावश्यक रहेको औंल्याउँदै आए पनि यस विषयमा मन्त्रालयले खासै ध्यान नदिएको गुनासो विज्ञहरूले गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑