उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको छ।आइतबार उत्तर कोरियाको केसाङ सहरमा कोरोना संक्रमित भेटिएपछि उत्तर कोरियाली शासक किम जोङ उनले अधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन्।
आइतबार १ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएपछि ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ।तीन वर्ष अघि दक्षिण कोरिया गएका ती व्यक्ति अवैधानिक रुपमा १९ जुलाईमा उत्तर कोरिया प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना भाइरसको संक्रमण देखिएपछि केसाङ वरपर किमले स्वास्थ्य आपतकाल घोषणा गर्नुका साथै लकडाउन गर्न निर्देशन दिएका छन्।कोरियाको केन्द्रीय अनुसन्धान ब्यूरोले संक्रमितको अवैध प्रवेशबारे अनुसन्धान गरिरहेको छ। प्रवेश गर्न दिने अधिकारीलाई कडा कारबाही गरिने शासक किमले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।