आज:
  • होमपेज / Breaking News

    कोरोना भाइरसको म्युटेशन, के यो अझै खतरनाक हुन्छ ?

  • वीरगंज संजाल
  • १० श्रावण २०७७, शनिबार १५:२५
  • ४३९३

    वीरगंज | विश्वमा विध्वंस गरिरहेको कोरोना भाइरस पहिलो पटक चीनबाट बाहिर आएको हो । विश्वभरका मानिस संक्रमिग्त भएका कोरोना आधिकारिक रुपमा सार्स-कोभ-२ को नामबाट चिनिन्छ, यो अहिले म्युटेट भइरहेको छ ।म्यूटेट हुनुको मतलब भाइरसको जेनेटिक मटेरियलमा परिवर्तन हुनु हो । वैज्ञानिकहरुले यस भाइरसमा हजारौं म्यूटेशन भएको बताएका छन् । केवल एक प्रकारको म्यूटेशनमा भने भाइरसको व्यवहारमा परिवर्तन ल्याउन सफल बहेको संकेत मिलेको उनीहरुले बताएका छन् ।

    अन्य फ्लु भाइरसको तुलनामा कोरोना भाइरस निकै सुस्त गतिमा परिवर्तन भइरहेको छ  । तर मानिसमा यस भाइरसबाट बच्नको लागी प्रतिरोधात्मक शक्ति कमजोर छ र  यसको खोप भने तयार भइसकेको छैन । भाइरसमा कुनै प्रकारको परिवर्तनमा कमि देखिएको छ । भाइरस आफै फैलिने प्रक्रियामा व्यस्त रहेको छ ।वैज्ञानिकहरुको अनुसार डी६१४जी को म्यूटेशन देखिएको छ । जुन भाइरसको ‘स्पाइक’ मा रहेको छ र यसको सहयोगले भाइरस मानव कोशिका भित्र जान्छ ।

    चीनको वुहान शहरमा फैलिए पछि भाइरसको उक्त म्यूटेशन इटालीमा पाइएको थियो । यस म्यूटेशन अहिले विश्वको ९७ प्रतिशत नमुनामा पाइएको थियो ।म्यूटेशनको कारण भाइरस फैलिएको हो वा संयोग मात्र हो भन्ने कुरामा वैज्ञानिकहरु खोजि गरिरहेका छन् । यूनिभर्सिटी कलेज लन्डनका ल्यूसी वेन ड्रपको अनुसार, ‘भाइरस फैलिने कुनै एक तरिका छैन, यो लगातार परिवर्तन भइरहन्छ, केहि परिवर्तन यिनलाई फैलिन सहयोग गर्ने हुन्छ त कुनै फैलिन रोक्ने हुन्छ र बाँकीको कुनै असर हुँदैन ।’

    म्यूटेशन भएको भाइरस फैलनुको कारण, भाइरस शुरुवातको चरणमा नै व्यापक रुपमा फैलिसकेको थियो । यसलाई फाउन्डर इफेक्ट भानिन्छ । डा वेन ड्रपको समूहको अनुसार यस म्यूटेशन फैलिनु कारण पनि यहि रहेको छ तर यसले निकै विवाद पनि बढाएको छ ।शेफिल्ड विश्वविद्यालयका डा थुशान डी सिल्वा यसमा महमति जनाउदै भन्छन्, ‘यस कुरा बताउनको लागि पर्याप्त तथ्य रहेको छ, भाइरसको उक्त संस्करणसंग एउटा ‘सेलेक्टिभ एड्भान्टेज’ रहेको छ जसमा पछिल्लो संस्करण भन्दा व्यापक रुपमा फैलिन सक्ने क्षमता रहेको छ ।’

    उनी भन्छन्, ‘अहिले पक्का रुपमा भाइरस पहिलाको भन्दा अधिक फैलिने भन्न सकिदैन तर निश्चित रुपमा भन्न सकिन्छ कि यो न्युट्रल भएर बस्ने छैन ।’फ्लोरिडाको स्क्रिप्स विश्वविद्यालयका प्राध्यापक हायेरयुन कोई र माइकल फर्जानको अनुसार, ‘जब  यस भाइरसको प्रयोगशालामा अनुसन्धान गरियो तब थाहा भयो कि म्यूटेटेड भाइरस मानिसको कोषिकामा आफ्नो पछिल्लो भेरियसन भन्दा सजिलै प्रवेश गर्न सक्छ, यसको स्पाइक प्रोटीनमा परिवर्तन भएकोले  कोषिकामा राम्रोसंग टासिएर काम गर्नको लागि सहयोग गर्छ ।’

    न्युयोर्क विश्वविद्यालयका नेविले संजनाले एक भाइरसको स्पाइक प्रोटीनमा परिवर्तन गर्ने प्रयास गरे र त्यसको तुलना सार्स-कोभ-२ को साथमा गरियो जुन वुहानमा फैलिएको थियो ।उनको अनुसार, म्युटेट भएको भाइरसको फैलन सक्ने शक्ति शुरुवातको भाइरसको भन्दा धेरै रहेको छ ।वेनको अनुसार वास्तविक बिरामीमा यसको कति प्रभाव हुन्छ, यो भने प्रष्ट भएको छैन तर प्राध्यापक फर्जानको अनुसार यसमा जैविक अन्तर रहेको छ । जसको मतलब भाइरस म्युटेशनको कारण तिब्र गतिले फैलिरहेको छ । तर अहिलेसम्म यस कुराको पक्का प्रमाण भने पत्ता लागेको छैन ।

    यसले धरै बिरामी गर्छ वा धेरै दिन अस्पतालमा बस्नपर्ने बनाउछ भन्ने कुराको अझै पुष्टि भएको छैन ।सामान्यरुपमा तिब्र गतिमा फैलिएपनि खतरनाक नहुनपनि सक्छ र कतिपय रुपमा यो उल्टो पनि हुन जान्छ । कोरोना भाइरस म्युटेट भएपश्चात् अझ धेरै प्राणघातक भएको कुराको पक्का प्रमाण भने छैन ।

    म्युटेशन नै महामारी हो 

    ठुलो जनसंख्या भएको ठाउँको अनुसन्धान गर्दा भाइरस पहिला भन्दा धेरै खतरनाक भएको हो वा लकडाउनले यसमा प्रभाव परेको हो थाहा हुन मुस्किल छ ।प्राध्यापक कार्बरको अनुसार अब यो नयाँ म्यूटेटेड भाइरस चीन समेत अन्य स्थानमा पाइएको छ र नयाँ भर्जन पुरानोको तुलनामा मानिसमा फैलिन सजिलो हुने देखिएको छ ।दुवै भाइरस फैलिरहेको छ तर नयाँ संस्करणको भाइरस तिब्र गतिमा फैलिन प्रभावित भएको छ ।वास्तवमा डी६१४जी  भेरीएन्ट प्रभावकारी रहेको छ र अब यही महामारी बनेको छ  । पूर्वी अमेरिका र वेलायतमा महामारीको शुरुवात पछि यहि भाइरसको संक्रमण फैलिएको हो ।

    म्युटेशन न्युट्रल छैन भन्ने कुरा महामारी फैलिएको रुपबाट बाट पक्का भएको छ । प्रायजसो खोप विभिन्न प्रकारको स्पाइक अनुसार बनाइदै छ र त्यसमा पनि म्युटेशानको धेरै असर नपर्ने देखिन्छ ।अनुसन्धानमा पुन भाइरस संक्रमण नहुने तथा खोप लगाईसकेपछि बचाउन सकिने कुरा पत्ता लागिसकेको छ । कोभिड -१९ को विज्ञान  लगातार परिवर्तन भइरहेको छ र वैज्ञानिक यसमा निरन्तर अनुसन्धान गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑