वीरगञ्ज | वीरगञ्जमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थालेपछि अनिश्चितकालका लागि निषेधाज्ञा लागु रहेको छ |जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरमा मात्र निषेधाज्ञा जारी गरेको हो ।
सुरक्षा समितिको बैठकले बृहत् सर्वपक्षीय बैठकको माध्यमबाट निर्णय लिने भनेपछि शुक्रबार सर्वपक्षीय बैठक बसेको थियो ।कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएको आशङ्कापछि स्थानीय प्रशासनले राजनीतिक दल, पत्रकार, व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बीरगन्ज महानगरपालिका क्षेत्रभित्र अर्को सूचना जारी नभईन्जेलसम्मका निषेधाज्ञा लागु हुने छ ।
निषेधाज्ञा अवधिभर अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्देशन जारी गरेको छ |कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थालेपछि अनिश्चितकालका लागि निषेधाज्ञा लागु रहे छ |अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द रहेको छ | सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा बन्द रहेको छ |