• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पाकिस्तानः इमरान सरकारले किन ‘पब्जी’लाई प्रतिबन्ध गर्‍यो ?

  • वीरगंज संजाल
  • ९ श्रावण २०७७, शुक्रबार १४:००
  • २३२५

    पाकिस्तानको इस्लामाबाद हाइकोर्टले चाँडै लोकप्रिय मोबाइल खेल ‘पब्जी’माथि पाकिस्तान टेली कम्युनिकेसन अथोरिटी (पीटीए) ले लगाएको प्रतिबन्ध उचित भएको÷नभएको बारेमा फैसला गर्दैछ । पीटीएले अदालतमा पब्जीद्वारा दायर गरेको रिटको विरोध गरेको छ । यस मामिलाको सुनुवाइ गरिरहेका जस्टि फारुकीले पीटीएलाई अदालतमा सोधेका थिए, ‘कुन कानुन अन्तरगत तपाईंहरुले यो प्रतिबन्ध लागू गर्नुभएको हो ?

    पीटीएका वकिलले आफ्नो दलीलमा यस्तो कुरा भने जसले पाकिस्तानमा नयाँ बहसको शुरु भएको छ । उनले भने, ‘बच्चा र युवाको मानसिक र शारीरिक स्वास्थ्यलाई नोक्सान पुर्‍याउनुबाहेक पब्जी खेलमा गैर–इस्लामिक कुराहरु छन् ।’ जानकारका अनुसार पाकिस्तानमा यस्तो आरोप टिकटकमा पनि लाग्नसक्छ किनभने यसलाई पनि प्रतिबन्ध गर्नुपर्ने माग बढ्दैछ ।उता, पब्जी मनपराउनेहरुले सरकारको यस फैसला विरुद्ध आफ्नो विरोधका स्वरहरु व्यापक बनाएका छन् । यस खेलका पारखी तथा समर्थकहरुले पञ्जाब–सिन्ध क्षेत्रमा धरना–प्रदर्शन गर्ने चेतावनी पनि दिएका छन् ।

    इमरान खान सरकारमाथि पब्जी खेल प्रतिबन्ध गर्नुपर्ने दबाब त्यतिबेला बेला बढ्यो जब केही आत्महत्याको खबर देशभर प्रमुखताका साथ प्रकाशित भयो भने उनीहरुले आत्महत्या गरेको कारणबारे टेलिभिजन च्यानलमा कयौँ दिनसम्म बहस भयो ।

    इस्लामाबादमा रहेकी बीबीसीकी संवाददाता शुमाइला जाफरी भन्छिन्, ‘यो मामिला करिब दुई हप्ता अघि लाहौरबाट शुरु भयो जब दुई युवाले आत्महत्या गरे । प्रहरी अधिकारीका अनुसार आमाबुवाले उनीहरुलाई पब्जी खेल्न नदिएपछि उनीहरुले आत्महत्या गरेका थिए । पछि प्रहरीले पीटीएसँग यस खेललाई प्रतिबन्ध गर्न माग गरेका थिए । पीटीएले इस्लामाद हाई कोर्टमा यो खेलका कारण बच्चाहरु बिग्रिदै गएको तर्क पेश गरेका छन् । यसले उनीहरुको समय बर्बाद भइरहेको उनीहरुको तर्क छ ।’

    सामाजिक सञ्जालमा अहिले बहस सुरु भएको छ कि पाकिस्तानमा जब यस्तो मामिला बाहिर आउँछ, त्यसलाई समाधान गर्नुभन्दा पनि त्यसलाई सिधै प्रतिबन्ध लगाइन्छ । फेसबुक र ट्वीटरमा #UnBanPUBGPakistan र #PUBGKaJawabDou ह्यासट्याग ट्रेन्डिङ्गमा रहेको छ । जसमा धेरै मानिसहरुको मत छ कि सरकार समस्यालाई समाधान गर्नभन्दा पनि त्यसबाट छुटकारा पाउने नीति अबलम्बन गर्छ ।पाकिस्तानमा यसरी कुनै पनि भिडियो गेम प्रतिबन्ध भएको पहिलोपटक होइन । यसअघि सन् २०१३ मा कल अफ ड्युटी र मेडल अफ अनरजस्ता खेलहरु प्रतिबन्ध गरिएका थिए ।

    यहाँ सबैभन्दा ठूलो प्रश्न भनेको यो प्रतिबन्धले कति फरक पर्नेछ र यस प्रतिबन्धको पछाडि अन्य कुनै उद्देश्य त छैन ? भन्ने हो । पाकिस्तान कयौँ युवाहरुको तर्क छ कि सरकारले यस्तो ‘गैरप्रजातान्तित्रक’ फैसला लिएर ‘मात्र एक खास वर्गलाई खुसी पार्न चाहन्छ ।’

    पाकिस्तानमा पब्जीमाथि प्रतिबन्धबाट शुरु भएको बहसले बिस्तारै राजनीतिक रंग पनि लिन थालेको छ । देशको राजनीतिमा नजर राख्नेहरुका अनुसार ‘युवाहरुको जबरजस्त समर्थन’ बाट सत्तामा आएको इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका केही फैसला युवाहरु विरुद्ध देखिएका छन् । त्यही भएर प्रश्न उठ्छ – युवाहरुमा लोकप्रिय पब्जी प्रतिबन्ध गर्दा उनको फ्यानबेसमा कति असर पुग्छ ?

    स्रोतः बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑