• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विपत‌्बाट जोगिन पूर्वसूचना प्रणाली

  • वीरगंज संजाल
  • ८ श्रावण २०७७, बिहीबार ११:२७
  • ४२६१

    वीरगंज। बाढी आउनुपूर्व समुदायमा प्रवाह गरिने सूचना प्रणालीले कैलालीमा जोखिम न्यूनीकरणमा सहयोग पुर्याइरहेको छ । विसं २०६७ देखि जिल्लामा कार्यान्वयनमा आएको पूर्वसूचना प्रणालीले विपद्बाट हुने ठूलो क्षति न्यूनीकरणमा वरदान सिद्ध भएको छ ।

     विपद् पूर्वसूचना कार्यविधि २०६७ लागू गरेर पूर्वसूचना संयन्त्रको विकास गरिएको हो । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत चेतन खड्का पूर्वसूचना प्रणालीका कारण बाढीबाट हुने क्षति न्यूनीकरण भइरहेको जानकारी दिए । उनले भने, “कैलालीमा पूर्वसूचना प्रणालीले राम्रो काम गरेको छ । सयममै सूचना पाउँदा धेरै धनजनको क्षति हुनबाट जोगाएको छ ।”

    कैलालीमा उपल्लो तथा मध्य तटीय क्षेत्रमा १६ स्थानमा नदी मापन अवलोकन केन्द्र र १९ स्थानमा वर्षा मापन अवलोकन केन्द्र बनाइएका छन् । वर्षायाममा यी केन्द्रमा खतराको सङ्केत अवलोकन गरेर खटिएका कर्मचारीले तल्लो तटीय क्षेत्र र सङ्कटासन्न क्षेत्रमा पूर्वतयारीका लागि सूचना प्रवाह गर्ने काम गर्छन् । नदी मापन अवलोकन केन्द्र लिक्मा वडैपुरका डम्बर नेपाली दिनमा तीन पटक सूचना दिने गरिरहेको जानकारी दिए । “दिनमा तीन पटक नदी मापन गर्छौं । त्यसको रेकर्ड राख्ने काम गर्छौं र तल्लो क्षेत्रमा सूचना प्रवाह गर्छौं”, उनले भने, “बाढी आएको समयमा घण्टाघण्टामा मापन गर्ने र सूचना दिने काम गरिन्छ ।”

    डम्बर जस्तै जल तथा मौषम विज्ञान विभाग बाढी पूर्वसूचना केन्द्र कर्णाली चिसापानीकी गेज रिडर पार्वती गुरुङले पनि पूर्वसूचना लिनेदिने काम गरिरहेकी छिन् । “नदीमा पानी बढेको समयमा स्टेशनमै गएर बस्छु, आधा/आधा घण्टामा पानी बढेको मापन गर्ने काम गर्छु”, उनले भनिन्, “यसका साथै दिपायलको सेती नदी, भेरी नदीको पानी मापनको सूचना लिने गर्छु र बर्दिया जिल्लाको पाताभार, र्दौलतपुर, कैलालीको टीकापुरका विभिन्न सूचना प्रणालीका संयोजक, प्रशासन, स्थानीय तह र रेडक्रसलाई सूचना दिने काम गर्छु ।”

    तल्लो तटीय क्षेत्रमा रहेका सूचनाकर्ताले माथिल्लो क्षेत्रमा रहेका बाढी अवलोकनकर्ताबाट लिएको सूचना स्थानीयस्तरमा पुर्याउने काम गर्छन् । “यही प्रणालीको विकास गरेकाले बाढीबाट समुदायमा हुने क्षति कम गर्न सजिलो भएको छ”, टीकापुर–७ बैद्धिका पूर्वसूचना प्रणालीका संयोजक वासुदेव कोइराला भन्छन्, “हामी यसरी परिचालन हुन्छौँ कि बाढीको जोखिम बढेमा समुदायमा सूचना पुग्न १५ मिनेट लाग्छ ।”

    जिल्ला प्रशासन कार्यालयको भवनभित्रै पूर्वसूचना केन्द्र स्थापना गरिएको छ । यसले कर्णाली र मोहना नदीको जलस्तर तथा निगालीको वर्षाका बारेमा जानकारी दिने गरेको छ । पूर्वसूचना प्रणालीका कारण कैलालीमा बाढीबाट हुने क्षति घटाउन ठूलो सहयोग पुगेको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं  प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए, “पूर्वसूचना प्रणालीअनुसार नै उद्धार संयन्त्र पनि परिचालन हुने गर्छ”, उनी भन्छन्, “पानीको बहाव तल्लो क्षेत्रसम्म पुग्दा समय लाग्छ । समयमै सूचना गरिए पानीको बहाव तल्लो क्षेत्रमा पुग्दासम्म बस्तीलाई उद्धार गर्न वा सुरक्षित स्थानमा सार्न सकिने भएकाले यो प्रणाली प्रभावकारी छ ।”

    जिल्लामा साना नदी धेरै भए पनि कर्णाली, मोहना, पथरैया, कन्द्रा र काँडा नदीले वर्षेनी बाढीको जोखिम बढाउँछ । वर्सेनि बाढी तथा नदी कटानका कारण यहाँ ठूलो धनजनको क्षति हुन्छ । कर्णाली चिसापानीमा १० मिटर पानी पुगेमा चेतावनी तह र ११ मिटर खतरा तह मानिन्छ भने मोहना नदीमा दुई मिटर चेतावनी तह तीन मिटर खतराको सङ्केत मानिन्छ । रासस 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑