• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    न्यायाधीशको ‘चित्त’मा लागेअनुसार सजाय घटाउने फैसला जनताका आँखामा भने चित्तबुझ्दो देखिएन

  • वीरगंज संजाल
  • ५ श्रावण २०७७, सोमबार ०७:२५
  • २०६५

    गत साता सार्वजनिक भएका दुई फैसलाका कारण प्रधान न्यायाधीशलगायत सर्वोच्च अदालतका केही न्यायाधीशको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । सञ्चार माध्यममा फैसलाका अन्तवस्र्तुहरू केलाएर न्यायाधीशले प्रयोग गरेका तजबिजी अधिकारमा प्रश्न उठाइएको छ । सर्वोच्च अदालतका न्यायाधीशको संयुक्त इजलासले गरेको एउटा फैसलामा मादक पदार्थको नशामा सडकको पेटीमा हिँडिरहेकी पैदल यात्रुलाई ठक्कर दिएर मार्ने सवारी चालकलाई जिल्ला र उच्च अदालतले पुर्पच्छेका लागि थुनामा राख्न दिएको आदेश बदर गरी धरौटीमा छाड्ने आदेश भएको छ । अर्को फैसलामा आफ्नै पत्नीको नृशंस हत्या गरी शव जलाएको अभियोगमा जन्मकैदको सजाय पाएको व्यक्तिलाई जन्म कैद गर्ने जिल्ला र उच्च न्यायालयको निर्णय संशोधन गरी यही साताभित्र कैदबाट छुट्ने गरी सजाय घटाउन प्रधान न्यायाधीशसमेत संलग्न सर्वोच्च अदालतको इजलासले आदेश दिएको छ ।

    मादक पदार्थ सेवन गरेर सवारी चलाउने अनुमति पत्रसमेत नभएको चालकले सडक पेटीमा हिँडिरहेको महिलालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । अहिले चालकको मानसिक अवस्था ठीक नभएको र दमको रोगी भएकाले कोभिड—१९ सर्ने जोखिम धेरै भएको भन्ने तर्क दिएर धरौटीमा छाड्ने आदेश दिइएको छ । यो अन्तिम आदेश होइन र सुरु अदालतबाट पहिलेजस्तै न्याय हुने अपेक्षा गर्ने ठाउँ बाँकी नै छ । तर, सामान्य मुद्दाका हजारौं बन्दीहरू थुनामै रहेका अवस्थामा मादक पदार्थको नशामा कसैको ज्यानै लिने गरी सवारी चलाउने व्यक्तिलाई कोभिड—१९को बहाना बनाएर थुना मुक्त गर्न आदेश दिने न्यायाधीशको तजबिजी आदेशमा न्यायिक मन देखिएको स्वीकार गर्न सकिँदैन ।  यद्यपि, एकाध फैसला न्यायालयप्रति आस्थाको मानक हुन सक्तैनन्।

    सर्वोच्च अदालतको अर्को फैसलामा त झन् न्यायाधीशको ‘चित्त’मा लागेकाले सजाय घटाइएको उल्लेख गरिएको छ । हत्याको अभियोग ठहर गर्ने जिल्ला र पुनरावेदन अदालतको निर्णय सदर गरेर न्यायाधीशको ‘चित्त’मा लागेअनुसार  सजाय भने घटाउने फैसला पनि जनताका दृष्टिमा चित्तबुझ्दो भने देखिएन । अभियुक्तका बालक छोराहरूको हेरचाह गर्ने कोही नभएकाले पनि न्यायाधीशहरूको चित्तमा दया पलाएको रहेछ । तर, आमाको हत्याराका रूपमा चिनिएका बाबुको रेखदेख र अभिभावकत्व स्वीकार गर्न ती बालकहरूलाई कति कठिन होला भन्नेतर्फ भने न्यायाधीशहरूको ध्यान जान सकेन  । यी दुवै फैसला न्यायाधीश विशेषका हुन् तर न्यायालयको साखमा भने जनताले सही ठान्न नसक्ने निर्णयहरूको असर पर्छ । यस प्रकरणले न्यायाधीशहरूलाई स्वविवेकी अधिकार दिँदा दुरुपयोग हुने विषय पुनः बहसमा ल्याएको छ । विशेषगरी नेपाल बार, संसद् र प्राज्ञिक क्षेत्रमा यस विषयमा गम्भीर बहस हुनु आवश्यक छ । नत्र, पहुँच हुनेहरूप्रति न्यायाधीशको चित्त कमलो भइरहनेछ र पीडितहरूले सिंगो न्याय प्रणालीलाई धिक्कारी रहनेछन् ।  न्यायालयकाे साख जोगाउन न्यायाधीशको भूमिका सबैभन्दा बढी हुन्छ तर समाजको अरू पक्ष पनि यसमा जिम्मेवार र गम्भीर हुनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑