वीरगंज | सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक आज बस्दै छ। आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक आज बस्न लागेको हो। आन्तरिक विवाद समाधानका लागि हिजो वरिष्ठ नेता माधव नेपालसहित दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक बिना निश्कर्ष टुंगिए पछि आजको बैठक अन्योलताकाबीच सञ्चालन हुने भएको हो। छलफलमा कुनै सहमति नभए पनि आजको बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
नेकपामा किचलो : माधव नेपालसहितको बैठकमा पनि कुरो मिलेन बैठकमा नेताहरुले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन्। बैठकमा पार्टी भित्रको विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव पेश हुने सम्भावना रहेको छ। हिजो अध्यक्षहरु ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालबीच विवादका विषय केन्द्रीय कमिटी बैठकमा लगेर छलफल गर्ने सहमति भएको थियो। जसअनुसार दुवै पक्षका नेताहरुले आफू पक्षधरसँग छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीको अडान : दुवै पदबाट राजीनामा गर्दिनँ, बैठक सामना गर्छु प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षधरलाई बालुवाटरमा बोलाएर छलफल गरे भने प्रचण्ड नेपाल समूहले प्रचण्ड निवास खुमलटारमा छलफल गरेको थियो। एक सचिवालय सदस्यकाअनुसार बैठक एक महिनाभित्र बोलाउने तयारी छ। सबै विषयमा पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटीमा छलफल हुने भएकाले स्थायी कमिटीमा आरोप प्रत्यारोप पनि बन्द गर्ने दाबी गरिएको छ।
नेकपामा विवाद बढेपछि बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै बैठक नेकपा भित्र अहिले प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री ओलीले पद छाड्नु पर्ने माग गरिरहेको छ भने ओलीले कुनै पनि पद नछाड्ने अडानमा छन् र पटक पटक स्थायी कमिटी बैठक रोकेर सहमती खोज्ने प्रयास भएपनि सहमति हुन सकेको छैन्। भारतले मलाइ हटाउन लाग्यो र नेकपाका नेताहरु पनि मेरो विरुद्ध लागे भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले पार्टीभित्र विवाद बढ्दै गएको छ। यी सबै विषयमा अब केन्द्रीय कमिटीमा छलफल हुने छ।