• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला अदालतमा अब मुद्दा दर्तासँगै फैसलाको सम्भावित मिति पनि दिइने

  • वीरगंज संजाल
  • २ श्रावण २०७७, शुक्रबार ०६:५८
  • २८४१

    वीरगंज  | सेवाग्राहीले मुद्दा फैसलाको सम्भावित मितिको जानकारी पाउने गरी जिल्ला अदालतहरूमा ‘फरक व्यवस्थापन प्रणाली’ लागू भएको छ । बिहीबारबाट देशभरका जिल्ला अदालतमा यो प्रणाली सुरु भएको सर्वोच्च अदालतले जनाएको छ ।

    मुद्दा दर्ता भएपछि नै फैसलाको सम्भावित मिति थाहा पाउँदा सेवाग्राहीलाई सहज हुने उद्देश्यले सफ्टवेयर तयार गरिएको हो । ‘छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादनको माध्यमबाट न्यायमा सबैको सहज पहुँचको सुनिश्चितता र अदालतप्रतिको आस्था एवं विश्वास अभिवृद्धि नै यो पद्धति लागू गर्नुको मूल उद्देश्य रहेको पनि म यहाँ स्पष्ट गर्न चाहन्छु,’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    एक दशकअघि नै यस्तो एकीकृत प्रणाली सुरुआत गर्ने योजना रहे पनि अहिले आएर यो प्रणाली लागू भएको हो । उच्च अदालतहरूमा भने १ भदौबाट लागू हुने सर्वोच्चले जनाएको छ । यससम्बन्धी सीप हस्तान्तरण र तालिमको काम सकिसकेको जानकारी दिँदै विज्ञप्तिमा जबराले यस प्रणालीलाई बोझका रूपमा नलिन कर्मचारीलाई आग्रह गरेका छन् ।

    यो प्रणाली लागू भएपछि मुद्दालाई जिल्लाको हकमा सरल, सामान्य र विशेषसहित ११ प्रकारले वर्गीकरण गरिएको छ भने उच्च अदालतको हकमा १६ किसिमले मुद्दा छुट्याएर सोबारे जानकारी दिइने प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । समूहअनुसार मुद्दा फर्स्योटको समय जनाइने र यसले सेवाग्राही मात्र नभई अदालतलाई पनि जिम्मेवार बनाउने उनको भनाइ छ । यसैअनुसार समय पनि छुट्याइनेछ ।  जिल्ला अदालतमा सरल मुद्दाका लागि ६ देखि १८ महिनाभित्रमा फैसला गरिसक्नुपर्नेछ । पुनरावेदन मुद्दामा बढीमा एक वर्षभित्रमा किनारा लगाइसक्नुपर्ने गरी सेवाग्राहीलाई सम्भावित मिति दिइनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑