• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संक्रमण बढेपछि उपत्यकामा आइसोलेशन सेन्टर निर्माण गरिदै, तीन हजार बेड पुर्‍याइने

  • वीरगंज संजाल
  • ३१ असार २०७७, बुधबार १४:४२
  • ३२८९

    सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई घरमै आइसोलेशनमा बस्न सक्ने गरी नयाँ मापदण्ड जारी गरेको थियो । १४ दिनसम्म आइसोलेशनमा बस्ने संक्रमितमा लक्षण नदेखिएमा पुनः परीक्षण नगरिकन सरकारले घर पठाएको थियो । त्यस्तै, भारतबाट स्वदेश फर्किएका कतिपय नेपालीलाई १४ दिन क्वारेन्टानमा राखेर आरडिटी परीक्षण मात्र गरेर घर फर्किएका थिए

    तर, पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जन थालेपछि लक्षणविहीन कोरोनासंक्रमितलाई   आइसोलेशन सेन्टरमा राखिने भएको छ । लक्षणविहीन संक्रमितलाई अस्पताल भर्ना नगरेर आइसोलेसन सेन्टरमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले बताए ।काठमाडौँ उपत्यकाका तीन ठाउँका आइसोलेशन सेन्टरमा करिब दुई हजार लक्षणविहीन कोरोना संक्रमितलाई राखिने छ । खरिपाटी, कीर्तिपुर, र मनमोहन अस्पतालमा आइसोलेसन सेन्टर बनाउने काम अघि बढाइएको उनले बताए ।उपत्यकामा आगामी दिनमा संक्रमणको अवस्था हेरेर आइसोलेशन बेड संख्या थप गरेर करिब तीन हजारसम्म पुर्‍याउने योजना छ । संक्रमित बढ्न सक्ने देखिएपछि कोभिड अस्पतालहरुले धान्न नसक्ने भन्दै सरकारले आइसोलेशन सेन्टर बनाएको हो । खरिपाटी, कीर्तिपुर, र मनमोहन अस्पतालमा आइसोलेशन सेन्टरमा आवश्यकता परेको खण्डमा जुनसुकै बेला लक्षणविहीन कोरोना संक्रमितलाई राख्न सकिन्छ ।लक्षण भएका कोरोना सक्रमितलाई अस्पताल भर्ना गरिने छ भने लक्षणविहीन संक्रमितलाई आइसोलेशनमा राखिने प्रवक्ता डाक्टर गौतम बताउँछन् । मापदण्डअनुसार लक्षणविहीन कोरोना संक्रमित आफ्नो इच्छा अनुसार घरमा बस्न समेत पाउनेछन् ।

    हाल पनि खरिपाटीमा हवाई उडानमार्फ्त स्वादेश आएकालाई राखिएको छ । यसअघि चीनमा कोरोना संक्रमणले महामारीको रुप लिएपछि गत फागुन ४ गते १ सय ८५ नेपाली विद्यार्थीलाई ऊहानबाट स्वदेश ल्याएपछि खरिपाटी क्वारेन्टाइनमा राखिएको थियो ।

    काठमाडौं भक्तपुर र ललितपुरमा भेटिएका कोरोना संक्रमितलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल ललितपुर, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार हुँदै आएको छ ।

    उपत्यकामा संक्रमतिको संख्यमा बढ्दै गएमा यी चार अस्पतालले धान्न सक्ने अवस्था हुँदैन । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्यमा बढ्दा अस्पताल भर्ना हुनका लागि बिरामीले समस्या भोग्दै आएका छन् । त्यसैले लक्षणविहिन संक्रमितलाई आइसोलेशन सेन्टरमा राख्ने निर्णय मन्त्रालयले गरेको हो ।

    मंगलबारसम्मको तथ्यांकअनुसार ललितपुरस्थित पाटन अस्पतालमा आज ६५ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १ जना संक्रमितलाई आइसियूमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताए ।

    यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५२ जना संक्रमितको उपचार भइरहेको छ ।  टेकु अस्पतालमा ३० आइसोलेसन, २० जना आइसियू र २ भेन्टिलेटर रहेको अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए ।

    यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा मंगलबार ६७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ६७ जना कोरोना संक्रमतिको अवस्था सामान्य रहेको डिआइजी हरिशचन्द्र अधिकारीले बताए ।

    उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि सरकारले आइसोलेसन सेन्टर बनाउन थालेको हो । ७७ भन्दा बढि स्थानमा कोरोना संक्रमित भेटिएसँगै उपत्यकाको स्थानीयस्तरमा कोरोना फैलिएको हुन सक्ने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

    त्यसैले नेपालमा कोरोना पुष्टि भएको ५ महिनापछि उपत्यकामा ११ दिनयता संक्रमितको संख्या बढेसँगै उच्च जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । उपत्यका कोरोना संक्रमितको संख्या हालसम्म ३ सय ५६ जना कोरोना संक्रमित छन् । काडमाडौँमा २ सय  ३५ जना, ललितपुरमा ७६ जना र भक्तपुरमा ४५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

    जनघनत्व धेरै भएको उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै परीक्षणको दायरा फराकिलो बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । समुदायस्तरमा कोरोना फैलिएको हो कि होइन भनेर पत्ता लगाउन पीसीआर परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ३ हजार मानिसको स्वाब संकलन गरिएको उनले बताए ।

    कोरोना परीक्षणको नतिजाको आधारमा मन्त्रालयले योजना तथा रणनीति बनाएर अगाडि बढ्ने उनको भनाइ छ । उपत्यकामा घरबाहिर निस्कनेले सजकता नअपनाउँदा जोखिम झन् बढको सहप्रवक्ता डाक्टर अधिकारी बताउँछन् ।

    घरबाहिर निस्कदा अनिवार्यरुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, भीडभाड नगर्न, सेनिटाइजर तथा साबुनपानीले हात धुन उनले आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑