• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    जथाभावी फोहोर फाल्नेलाई सडक सफा गर्न लगाइयो

  • वीरगंज संजाल
  • ३१ असार २०७७, बुधबार ११:५५
  • २६८५

    वीरगञ्ज । वीरगञ्जको विर्ता क्षेत्रको सडकमा जथाभावी फोहोर फाल्ने मेडिकल, क्लिनिक र प्याथोलोजी सञ्चालकलाई सडक सफा गर्न लगाइएको छ ।
    मंगलबार वीरगञ्जको विर्ता क्षेत्रका मेडिकल, क्लिनिक र प्याथोलोजी सञ्चालकलाई कारवाही स्वरुप उनीहरुलाई नै फोहोर सफा गर्न लगाइएको हो । अलखिया मठदेखि विर्तासम्मको क्षेत्रमा सडकमै जथाभावी फालिएको फोहोर उठाएर सफा गर्न लगाइएको हो
    भिजन डाइग्नोस्टिक, श्री गणेश डाइग्नोस्टिक, प्रवेश मेडिको, शान्ति पोलिक्लिनिक लगायत आधा दर्जन व्यवसायीहरुले स्वास्थ्य सवा फोहोर व्यवस्थापन निर्देशिका २०७१ को खिल्ली उडाउँदै अस्पतालजन्य फोहोर सडकै फ्यालेका थिए ।
    ‘अस्पतालजन्य फोहोरहरु समेत जथाभावी फाल्ने गरिएको रहेछ, बोलाएर केहीलाई उठाउन लगायौं,’ जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले भने, ‘अब फेला परे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छौं ।’
    सडकमा जथाभावी फोहोर फालेको भेटिए अबका दिनमा कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी थापा बताउँछन् ।
    वीरगञ्ज–३ का वडा अध्यक्ष बैजु स्वर्णकारले सुईसमेत जथाभावी फालेको पाइएपछि आइन्दा त्यस्तो पाइए हदैसम्म जरिवाना गर्ने चेतावनी दिएको बताउँछन् ।
    केही दिन यता वीरगञ्जमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्वच्छ एवं व्यवस्थित वीरगञ्ज अभियान सञ्चालनमा छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको सक्रियतामा अभियान शुरु गरिएको हो । अभियानमा सामाजिक संस्था, युवा क्लब मात्रै नभएर महानगरपालिकाका वडा अध्यक्षहरु सहभागी छन् ।
    व्यापारी र महानगरबीच समन्वय अभाव
    तर यो वीरगञ्ज विर्ता क्षेत्रको मात्रै समस्या होइन, मुख्य बजार क्षेत्रमा पर्ने घण्टाघर, माईस्थान, मिनाबजार, आदर्शनगर क्षेत्रमा पनि उस्तै समस्या छ । व्यापारीहरुले दिनभरी व्यापार व्यवसाय गरेर निस्केको फोहोर, कुहिएका तरकारी फलफूल बेलुका सडकमा नै फालेर जाने गरेका छन् भने राति छाडा चौपायाले छरिदिने गरेका छन् ।
    नागरिक स्तरमा त फोहोर व्यवस्थापनमा खासै सहयोग छैन । तर मुख्य बजार क्षेत्रका व्यापारीहरुले समेत फोहोर व्यवस्थापनमा असहयोग गर्ने गरेको पाइएको छ । बाहिरबाट आउने जो कोहीले वीरगञ्जलाई प्रदुषणयुक्त सहरको रुपमा परिभाषित गर्ने गरेका छन् । जुत्ता, चप्पल, कपडा, इलेक्ट्रिक पसलहरुबाट नकुहिने फोहोर, तरकारी फलफूल र खाद्यान्न पसलबाट कुहिने फोहोर निस्किने गर्दछ । मुख्य सडक क्षेत्रबाट मात्रै दैनिक दुई ट्याक्टर फोहोर उठ्छ । तर, त्यसको उचित व्यवस्थापन भएको छैन ।
    यो पनि पढ्नुहोस्
    वीरगञ्ज महानगर कि ‘महानरक’ ?
    वीरगञ्जको मुख्य बजार क्षेत्रमा मात्रै २ हजारको हाराहारीमा पसल व्यवसाय रहेको अनुमान व्यापारीहरुको छ । तर, वीरगञ्ज उद्योग वाणिज्य संघमा ५ सयको हाराहारीमा दर्ता रहेको संघले जनाएको छ । कतिपय विनादर्ता सन्चालित छन् ।
    वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया नागरिकको मानसिकतामा परिवर्तन नल्याएसम्म बजार क्षेत्र सफा नदेखिने बताउँछन् । ‘जथाभावी फोहोर नगर्न, फोहोर एकै ठाउँमा जम्मा गरेर राख्न, महानगरपालिकाबाट गाडी आएपछि त्यसैमा हालिदिन भन्दै आएका हौं तर जथाभावी फालिएको देखिन्छ,’ उनले भने, ‘महानगरपालिकाले जबसम्म दुई–चार जनालाई कारबाही गर्दैन, यसमा सुधार आउँदैन ।’
    महानगरपालिकाले पनि व्यापारीहरुसँग छलफल गरेर फोहोर लिन आउने उपयुक्त समय निर्धारण गर्नुपर्ने उनको तर्क छ । महानगरपालिकाका अनुसार मुख्य सडकमा बिहान ६ बजे र दिउँसो १ बजेतिर फोहोर उठाउने मानिस र ट्याक्टर जाने गरेका छन् । बिहान ८ जना सफाइकर्मी बढार्न मात्रै खटिएका हुन्छन् ।
    महानगरपालिकाले फोहोर उठाउने समय न व्यापारीले पसल खोल्ने समयसँग मिल्छ न बन्द गर्ने समयसँग । वीरगञ्जमा बिहान ९ बजेपछि मात्रै पसलहरु खोल्न शुरु हुन्छ र राति पनि ८ बजेपछि बन्द गर्न थाल्छन् । समन्वय अभावकै कारण फोहोरले सहर कुरुप बनेको कतिपयको तर्क छ ।
    दण्ड जरिवानाको तयारी
    वीरगञ्ज महानगरपालिकाका सरसफाइ सहायक सरफुद्दिन मियाँ फोहोर संकलनको जिम्मा ठेकेदारलाई दिइएको बताउँछन् । ‘फोहोर उठाउने जिम्मा अहिले ठेकेदारलाई दिइएको छ उनीहरुले कसरी गरिरहेका छन् । सबै कुरा हामीलाई पनि थाहा हुँदैन,’ उनले भने, ‘मुख्य बजार क्षेत्रमा जथाभावी फोहोर फालेर जाने समस्या छ । पहिला हामीले सम्झाउँदा ‘फाल्दिन’ भन्ने तर पछि फालेर जाने गर्दथे ।’
    उनले जथाभावी फोहोर गर्नेलाई दण्ड जरीवाना गर्नेगरि ठेकेदारसँग समन्वय भइरहेको बताए । सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत आर्थिक वर्ष २०७६÷७७ देखि नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मा चार वर्षका लागि पृथ्वीतारा÷एनके इन्टरनेशल जेभीले लिएको छ ।
    ठेकेदार कम्पनीका प्रवन्ध निर्देशक केशव नेपालले मुख्य सडकमा दैनिक फोहोर संकलन र सरसफाइ गर्ने गरिएको बताए । ‘महानगरपालिकामा दैनिक ४५ देखि ५० टन फोहोर संकलन हुन्छ, सवारी साधनमा मात्रै फोहोर हालिदिन अनुरोध गरेका छौं । सम्झाउने बुझाउने गरिरहेका हुन्छौं,’ उनले भने, ‘तर कारबाहीमा नगएसम्म अटेरी गर्ने अवस्था यहाँको देखिएको छ ।’
    दुई वर्ष वित्दासमेत कानुन कार्यान्वयन भएन
    वीरगञ्ज महानगरमा ०७५ सालमा नै फोहोरमैला व्यवस्थापन ऐन आएको हो । तर महानगरपालिकाले त्यसको कार्यान्वयन गर्न सकेको छैन । असार २१ गते राजपत्रमा ऐन प्रकाशित भएको दुई वर्ष बितिसकेको छ । निजी क्षेत्रलाई फोहोरमैला संकलन र व्यवस्थापनको जिम्मा दिने कामबाहेक ऐन अनुसार अन्य गतिविधि हुन सकेको छैन ।
    ऐनको प्रस्तावनामै फोहोर मैलाको स्रोतमा न्यूनीकरण, पुनः प्रयोग, प्रशोधन वा विसर्जन गरी वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र फोहोरमैलाको उचित र व्यवस्थापन गर्न तथा जनस्वास्थ्य एवं वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ, स्वस्थ र मनोरम वातावरण कायम गर्न वान्छनीय भएको’ भनिएको छ । तर त्यसका लागि गर्नुपर्ने क्रियाकलाप भने महानगरपालिकाले सञ्चालन गर्न सकेको छैन ।
    ऐनमा फोहोरमैला व्यवस्थापन समितिको गठन गर्ने, फोहोरमैला व्यवस्थापन कोष खडा गर्ने, महानगरको प्रत्येक टोल वा बस्तीमा संकलन केन्द्र तोकेर आवश्यक कन्टेनरको व्यवस्था गर्ने, त्यहाँ जम्मा भएको फोहोरको ढुवानी महानगरले गर्ने, फोहोरमैलाको न्यूनीकरण, पुनः प्रयोग तथा चक्रिय प्रयोगलाई प्रोत्साहन गर्ने, सेवा शुल्क उठाउन सक्नेलगायतका कुराहरु उल्लेख छन् ।
    जथाभावी फोहोर फाल्नेलाई कसुरअनुसार ५ सयदेखि १ लाखसम्म जरिवाना गर्ने व्यवस्थासमेत छ । ऐनको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑