चितवन । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।प्रयोगशालामा असार ३० गते ३०९ जनामा गरिएको परीक्षणमध्ये १९ जनामा कोरोना पोजेटिभ देखिएको हो । बांँकी २९० जनाको नमुना परीक्षण नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालले दिएको जानकारीअनुसार नवलपुरको कावासोती र बुलिङटारमा ११ जना संक्रमित थपिएका हुन् । माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमति थपिएको अस्पतालले जनाएको छ ।
फाइल तस्बिर ।