वीरगञ्ज । लगातार परेको वर्षले अहिले बीरगन्ज महानगरपालिकाका बिभिन्न ठाउँहरु डुवानमा परेको छ ।
राति देखि परेको अबिर वर्षाको पानीले रानीघाट, ओमआश्रम, श्रीपुर, जिल्ला प्रशासन कार्यालय, सिर्सिया, आर्दशनगर, इर्नवा, रामगदवा, लगायत महानगरका धेरै ठाउँहरुमा अहिले आवतजावतमा समस्या परेको छ ।
बीरगन्जबासीहरुले हरेक वर्ष डुबानको मार खेप्दै आएका छन् छन् । बीरगन्जका बासिन्दाहरुलाई डुवानबाट मुक्त गर्न एसियाली विकास बैंकको आर्थिक सहयोगमा र बीरगन्ज महानगरपालिकाको करोडौंको लगानीमा ढल निकास निर्माण गरिएको भए पनि त्यसको कुनै उपब्धी देखिएको छैन ।
वर्ष शुरु भयो कि अब कतिबेला डुवानमा पर्ने हो भन्ने चिन्ताले सताउने गरेको वीरगंजका बासिन्दाहरुको दुखेसो छ । यसै बिच जिल्ला प्रशासन कार्यालय पानी जमेर डुबानमा परेको छ । सेवाग्राहीहरु हातमा चपल लिएर भित्र प्रवेश गरेकाे देखिएका थिए ।