काठमाडों । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले ट्याक्सी संचालनको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले सार्वजनिक सवारी संचालन रोकिँदा यातायात व्यवसायी र आम नागरिकहरुलाई समेत समस्या पारेको भन्दै यथासक्य चाडो ट्याक्सी संचालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको हो ।
कोभिड–१९ र यसबीच आह्वान गरिएको लकडाउनका कारण सार्वजनिक यातायात र व्यवसायीहरुमा परेको समस्या बारे सरोकारवालाहरुसँग आज बसको समितिको बैठकले व्यवसायीको समस्या समाधान गर्न उचित पहल गर्ने जनाएको छ ।
यसका साथै आम नागरिकको प्रत्यक्ष जनजिवनसँग जोडिएको र अत्यावश्यक सवारी साधन कोरोना र लकडाउनकै बीच पनि कसरी सुरक्षित तरिकाले संचालन गर्न सकिन्छ भनेर कोभिड–१९ क्राइसिस् म्यानेजमेन्ट कमिटी (सिएमसी) सँग आवश्यक छलफल चलाउने निर्णय समेत समितिले गरेको छ ।