• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘समुदायमा छैन कोरोना, काठमाडौंमा यसकारण बढ्दैछन् संक्रमित’

  • वीरगंज संजाल
  • २३ असार २०७७, मंगलवार १७:४१
  • २४०१

    विरगंज । सरकारले अहिलेसम्म कोरोना संक्रमण सुमदायमा नगएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डे यसबारे बताएका हुन्।

    ‘नेपालमा अहिलेसम्म कोरोना संक्रमण समुदायमा गएको छैन’, उनले नियमित ब्रिफिङमा भने, ‘धेरै जसो संक्रमित विदेशबाट आएका छन् भने केही संक्रमित ‘फ्रन्ट लाइन’मा कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि पनि छन्।’

    पाण्डेले लकडाउन खुकुलो बनाइसकेपछि काठमाडौंसहितका केही स्थानमा कोरोना संक्रमित बढ्दै गएको बताएका छन्। उनले काठमाडौं उपत्यकामा पछिल्लो समय संक्रमित बढे पनि समुदायमा नफैलिएको बताए।

    ‘अहिलेसम्म काठमाडौं उपत्यकामा समुदायमा कोरोना पुगेको तथ्य छैन। ललितपुरको नख्खु र काठमाडौंको तीनकुनेमा गरिएको परीक्षणमा सबैमा कोरोना देखिएको छैन’, उनले भने, ‘समुदायमा गए नगएको टुंगो गर्न काठमाडौं उपत्यकामा अन्य नौ ठाउँमा पनि समुदायको स्वाब लिएर परीक्षण अघि बढाएका छौं।’

    काठमाडौंमा संक्रमितको अवस्था 

    पाण्डेका अनुसार काठमाडौं उपत्यकामा अहिलेसम्म २६७ जना काठमाडौं ठेगाना राखेका संक्रमित भेटिएका छन्। जसमध्ये १७५ जना काठमाडौं जिल्लाका, ४१ जना ललितपुर र भक्तपुरमा ४३ जना छन्।

    पाण्डेका अनुसार काठमाडौं उपत्यकामा भेटिएकामध्ये ७९ प्रतिशत व्यक्ति विदेशबाट आएका छन्। उनीहरु उद्धार उडानबाट आएकाहरु हुन्। ‘विदेशबाट पठाउँदा रोग छैन भनेर पठाउनुपर्ने हो। तर खाडीसहितका कतिपय क्षेत्रका देशले परीक्षण नै नगरी पठाएका छन्। केहीले  आरडिटी गराएका छन् भने केहीले आरटी पिसिआर गराएर पठाएका छन्।’
    १७ हजारको उद्धार

    अहिलेसम्म उद्धार गरेर ल्याइएका १७ हजार व्यक्तिमध्ये ३५ प्रतिशतले मात्रै पिसिआर परीक्षण गरेर नेपाल आएको उनले बताए। ‘३५ प्रतिशतले आरटी पिसिआर गराएका छन् भने ३५ प्रतिशतले आरडिटी गराएका छन्। बाँकीले परीक्षण नै गरेका छैनन्’, उनले थपे, ‘कसैसँग केही पनि छैन, आरडिटी र पिसीआर केही नहुँदा समस्या भएको छ।’

    उनका अनुसार केही त कोरोनाको लक्षणसहित काठमाडौं आएका छन्। ‘लक्षणसहितका व्यक्तिहरु पनि आएका छन्। आरटी पिसिआर नगरेकालाई होटल क्‍वारेन्टाइन र होल्डिङ सेन्टरमा राख्नुपर्ने बाध्यता छ’, उनले थपे, ‘केहीलाई लक्षण देखिएपछि विमानस्थलबाट सीधै अस्पताल लगेर आइसोलेसनमा राखिएको छ।’

    लुकिछिपी आउँदा खतरा

    निर्देशक पाण्डेले राजधानी बाहिरबाट लुकिछिपी आउनेहरूका कारण उपत्यकामा जोखिम उच्च भएको छ। ‘काठमाडौं बाहिरबाट आउनेहरु धेरै हाम्रो दायरामा परेका छैनन्। धेरैजसो मुख्य नाकाभन्दा बाहिरबाट आइरहेका छन्’, उनले भने, ‘सुरक्षाकर्मी र हेल्थ डेस्कले हेर्न नसक्ने अवस्था छ। लुकीछिपी आएकाहरुमा पनि संक्रमण छ।’

    पाण्डेका अनुसार उपत्यकामा संक्रमण देखिएकामा विभिन्‍न अस्पतालमा अप्रेशन र उपचार गर्नुपर्ने बिरामी पनि छन्। ‘केही संक्रमित विभिन्‍न अस्पतालमा उपचाररत बिरामी पनि छन्’, उनले भने, ‘बिरामीहरूका कारण केही स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ।’

    काठमाडौंका दुई ठाउँमा समुदायको स्याम्पल लिइएको बताउँदै पाण्डेले अब अन्य नौ ठाउँबाट पनि स्याम्पल लिइने बताए। ‘काठमाडौंका ९ ठाउँबाट पनि स्याम्पल लिइँदैछ।
    जोखिम समूहहरु पत्ता लगाएर नमुना लिँदैछौँ’, उनले भने, ‘बैंक र मालपोत लगायत भिड भएका ठाउँबाट पनि स्याम्पल लिन लागेका छौं।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑