काठमाडौं । ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ । कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा ब्राजिल दोस्रो स्थानमा छ ।
संक्रमितको संख्या करिब १५ लाख रहेको बीबीसीले जनाएको छ । यता विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भने ब्राजिलमा ५९ हजार ५९४ संक्रमितको मृत्यु भएको छ ।
ब्राजिलको ठूला सहर साओ पाउलो र रियो दि जेनेरियो कोरोना महामारीबाट पूरै प्रभावित भएका छन् । अन्य सहरमा कोरोनाको परीक्षण निकै न्यून भइरहेका भन्दै विशेषज्ञहरुले ति सहरमा पनि ठूलो संख्यामा संक्रमित रहेको दाबी गरेका छन् ।