पोखरिया । पर्साको जगरनाथपुर गाउँपालिका वार्ड नं २ दसौतामा गएराती खाना बनाईरहेको अवस्थामा ग्यास सिलिन्डर लिक भई लागेको आगलगी मा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने ,दुई जना घाईते भएका छन।
मृत्युु हुनेमा ७० वर्षिय सरदा देबी रहेकि छिन् ।घाईते हुनेमा सोही गाउँका उमेस साह र मंसा देबी रहेकी ईलाका प्रहरी कार्यालय पोखरिया ले जनाएको छ ।
आगलगी जगरनाथपुर गाउँपालिकाको वडा नंवर ०२ दसौता गाउँ निवासी गणेश साह को घरमा खाना बनाईरहेको अवस्थामा ग्यास सिलिन्डर लिक भएर आगलगी भएको थियो ।
आगलगी बाट कपडालता , टीवी, फर्निचर र अनाज गरि दुईलाख बराबर को क्षति भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिंह ले जनाएका हुन्।mytvnepal