• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रोपाइँमा मल अभाव

  • वीरगंज संजाल
  • १८ असार २०७७, बिहीबार ०७:०९
  • २९०५

    राजविराज । सप्तरी जिल्लामा असारको दोस्रो सातासम्म करीब २१ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । सिँचाइको उचित सुविधा नपुगेको सप्तरीमा यस वर्ष असारको दोस्रो सातामा वर्षाले साथ दिएपछि यहाँका अधिकांश किसान खेतमा धान रोप्न व्यस्त देखिएका छन् ।सप्तरीमा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार हेक्टर खेतीयोग्य जमीन छ । अहिलेसम्म सप्तरीमा १५ हजार एक सय हेक्टर जमीनमा धान रोपाइँ  भएको कृषि ज्ञान केन्द्रको भनाइ छ ।

    रोपाइँका लागि बेर्ना तयार पारिएको र वर्षा पनि समयमा नै हुँदा जिल्लाका किसान उत्साहित भएको हनुमानगर कङ्कालिनी  नगरपालिका–२ सकरदहीका किसानलाल माझीले बताए । उनले भने, “हामी  सधैँ आकाशेपानीको भरमा खेतीपाती  गर्दैै आएको बेला यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादनमा समेत वृद्धि हुने  विश्वास छ ।” सप्तकोशी ब्यारेजबाट पश्चिमतिर बग्ने नहरमा पानी आए पनि हामीहरुको खेत र जमीनभन्दा माथिल्लो सतहबाट नहरमा पानी बगेकाले  सो पानी खेतीको समयमा काम नलाग्ने  गरेको उनले गुनासो  गरे ।

    जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकामा खेतीयोग्य जमीन भए पनि  सिँचाइको अभाव र समयमा वर्षा नभएका कारण  जमीन बाँझो रहने  गरेको  थियो । जिल्लामा सञ्चालित तीनवटै नहरमा पानीको अभाव र समयमा वर्षा नहुँदा पनि अधिकांश ठाउँमा धान  रोपाइँ प्रभावित हुने गरेको थियो  । कोशी पश्चिमी, कोशी पम्प तथा चन्द्र नहरमा पर्याप्त पानी नभएको र ती नहरमा पानी नछोडेका कारणसमेत केही स्थानमा रोपाइँ गर्न समस्या भइरहेको कृषकले गुनासो गरेका छन् । जिल्लामा रहेका तीनवटै सिँचाइ प्रणालीबाट पानीको व्यवस्था नभएपछि पम्पसेटका भरमा समेत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।

    सप्तरीमा अहिलेसम्म २१ प्रतिशत  खान खेतमा रोपाइँ भएको बताउँदै  जिल्लामा १५ हजार एक सय हेक्टर जमीनमा धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र यादवले जानकारी  दिए । लगातार चार-पाँच दिनदेखि पानी परेपछि जिल्लाको  वोदेवरसाइन, सारस्वर, पातो, वरही वीरपुर, फुलकाही, कोदरकट्टी, भुतही, मानराजा, खडकपुर, अर्नाहा, ब्रह्मपुर, कविलासा, मलहनीयाँ, मलहनमा, हर्दिया कटैया, रामपुर जमुवा, मोहनपुरलगायत पश्चिम  र उत्तर क्षेत्रका गाउँमा अहिले धान रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    जिल्लाको पूर्वी–दक्षिण क्षेत्रका केही जमीनमा सिँचाइ भए पनि पश्चिम र उत्तरी भेगका केही खेतीयोग्य  जमीनहरु  अझै बाँझै रहेको पाइएको छ । सप्तरीको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, महदेवा, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरिया, गाउँमा चन्द्र नहरको आशामा हजारौँ हेक्टर जग्गामा धान खेती लगाउने गरेकोमा प्रत्येक वर्ष समयमा पानी नपाएको कारण कृषकले महंगोमा डिजल तथा विद्युतीय प्रणालीबाट सिँचाइ व्यवस्था मिलाउने गरेको कृषकहरुको गुनासो  छ । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । जसमध्ये ५९ हजार दुई सय ५७ हेक्टर जग्गामा धान खेती हुँदै आएको छ ।

    यस्तै मौसमले साथ दिए पनि मलको भने सप्तरीमा अभाव रहेको किसानको गुनासो  छ । खेतमा धान रोपेलगत्तै डिएपी मल आवश्यक पर्ने भएकाले त्यसको  समेत अभाव भएको  पाइएको  छ । जिल्लाको विष्णुपुर गाउँपालिकाका स्थानीय किसान  प्रोसेतम यादवका अनुसार धान रोप्न खेत तयार भएको बेला खेतमा हाल्ने  डिएपी मलको अभाव भएको गुनासो गरे । यता राजविराजस्थित साल्ट्र ट्रेडिङ र कृषि सामग्री कम्पनीका प्रमुख रामकुमार चौधरीले सप्तरीमा नौ हजार मेट्रिक टन मल  बिक्री वितरण गर्ने योजना रहेको तर अहिलेसम्म आठ हजार मेट्रिक टन आउँदा केही स्थानमा रासायनिक मलको अभाव भएको हुन सक्ने बताए ।

    कोरोना र लकडाउनलेसमेत किसानको मागअनुसार मल पूरा गर्न नसकिएको उनले बताए । उनले भने, “कोरोनाले विभिन्न भागमा रासायनिक मल पुर्‍याउन समस्या भएको र नगएका ठाउँमा थप मल पठाउने काम भइरहेको छ ।”जिल्लामा सरकारी भाउअनुसार रासायनिक मल बिक्री वितरण भइरहेको बताउँदै जिल्लाको केही भागमा मलमा पनि काला बजारी गर्नेमाथि कार्वाही  गरिने कार्यालय  प्रमुख  चौधरीले जानकारी  दिए । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑