• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:सोमबार ०६ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जका व्यवसायीको माग “होटल सञ्चालन गर्न पाउनुपर्ने

  • वीरगंज संजाल
  • १७ असार २०७७, बुधबार २३:०७
  • ३७४५

    वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवासायीहरुले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले लकडाउनमा अन्य व्यवसाय खोल्न छुट दिए जस्तै होटल व्यवसाय पनि खोल्न पाउनुपर्ने माग राखेका हुन् ।कोरोना भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सुरक्षात्मक उपाय अपनाएर व्यवसाय सञ्चालनका लागि अनुमति दिन उनीहरुले सरकारसँग आग्रह गरेका छन् । बुधबार उनीहरुले जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानगरपालिकालाई समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

    होटल तथा पर्यटन व्यवसायी संघ पर्सा वीरगञ्जका अध्यक्ष बुद्धि बहादुर पन्त (हरि)को नेतृत्वमा होटल तथा पर्यटन व्यवसायीहरु प्रशासन र महानगरपालिका पुगेका थिए । संघमा ३३ वटा होटल तथा पर्यटन व्यवसायी आवद्ध छन् ।प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की र महानगरपालिका प्रमुख विजय कुमार सरावगीले ज्ञापन पत्र बुझ्दै सरकारले अर्को आदेश जारी नगर्दासम्म खोलाउन नसक्ने बताएका छन् ।

    होटल व्यवसायीले बुझाएको ज्ञापनपत्र माथिल्लो निकायमा पठाईदिने आश्वासन दुवै निकायले दिएको छ ।चार तारे लर्डस दियालो सहित वीरगञ्जमा ५० भन्दा बढी होटल छन् । जसमध्ये एक दर्जनको हाराहारीमा मात्रै घर मालिक र होटल सञ्चालक एकै व्यक्ति छन् । बाँकीले होटल भाडामा लिएर सञ्चालन गरिएको हो । घरबेटीले भाडा माग्न थालिसकेको र आफूहरुको आम्दानी नभएकोले तिर्न नसक्ने अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् ।वीरगञ्जको दुईवटा होटललाई पेड क्वारेन्टिनको रुपमा सञ्चालनमा ल्याइएको छ भने दुईवटामा अस्पतालका कर्मचारीहरु बस्दै आएका छन् ।

    संघका अध्यक्ष पन्तले कोरोना भाइरस विरुद्ध सावधानीका उपाय अपनाएर होटल रेष्टुरेन्ट व्यवसाय खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरे ।‘अधिकांश व्यवसाय खुलेको छ, होटल रेष्टुरेन्ट बन्द छ । सञ्चालन खर्च यथावत नै छ,’ उनले भने, ‘तीन महिना भन्दा लामो समय बितिसक्यो, अब त निकास खोज्नै पर्छ भनेर रेष्टुरेन्ट खोल्ने वातावरण बनाइदिन आग्रह गरेका हौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑