• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पाँच नेता बोलेपछि बालुवाटार बैठक स्थगित : कसले के भने ?

  • वीरगंज संजाल
  • १७ असार २०७७, बुधबार १६:३१
  • ३२४१

    काठमाडौं । पाँच नेताले धारणा राखेपछि बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार योगेश भट्टराई, लीलामणि पोखरेल, मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाईं र आमन्त्रित सदस्य पेशलकुमार खतिवडाले बुधबारको बैठकमा धारणा राखेका हुन्।

    बुधबार निधन भएकी नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालप्रति शोक व्यक्त गर्न जानुपर्ने भएकाले बैठक स्थगित भएको हो। प्रवक्ता श्रेष्ठ, नेता भीम रावललगायत नेताले शोक प्रस्ताव लगत्तै बैठक गर्नुपर्ने आवाज उठाए पनि उनीहरुको आवाजको सुनुवाइ बैठकमा नभएको एक नेताले जानकारी दिए।

    पाँच नेताले बोलेपछि स्थगित भएको बैठक बिहीबार बिहान ११ बजे पुन बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक एवम् नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए।

    कुन नेताले के भने ?

    स्थायी कमिटी बैठकको पाँचौ दिन मदन जयन्तीमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा दर्ताका लागि आवेदन परेको भनिएको नेकपा (एमाले)को विषयमा छलफल भएको छ।

    आइतबार (असार १४ गते) बालुवाटारमा मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले  सरकार हटाउन भारत सक्रिय रहेको भन्ने विचारमाथि कटाक्ष गरेका छन्। प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको भन्दै लीलामणि, मातृका, पेशल र नन्दकुमारले प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने धारणा राखेका छन्।

    त्यसैगरी नेताहरुले सोमबार (असार १५)  निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा (एमाले) को सम्बन्धमा आवाज उठाएका छन्। उनीहरुले पार्टी एकता गरेर अघि बढ्नुको साटो यस्ता विषय सार्वजनिक हुनु गलत भएको धारणा राखेका छन्।

    बैठकमा पर्यटनमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने मध्यस्थकर्ताको रुपमा बोलेका छन्। उनले पार्टीभित्र मिलेर जानुको विकल्प नभएको दाबी गरे। जिम्मेवार नेताले बोल्नुअघि सोच्नुपर्ने उनको भनाइ छ। उनले बुधबारको स्थायी कमिटी बैठक सुरु हुनुभन्दा अगाडि बालुवाटारमा प्रधानमन्त्री ओलीले छलफल गरेको बताउँदै गम्भीरतापूर्वक छलफल गरेर पार्टीलाई एकठिक्क बनाउनुपर्नेमा जोड दिए।

    ‘बिहान प्रधानमन्त्रीले छलफल गर्नु भएको छ। सबै नेताले आआफ्नो ठाउँबाट गम्भीरतापूर्वक छलफल गर्नुपर्छ’, भट्टराईले भने, ‘भाग्ने छुट कसैलाई छैन। आवश्यक भए सचिवालय बैठकमा बस्नुहोस्े, ठोस प्रस्ताव स्थायी कमिटीमा ल्याउनुहोस्। यो समय झगडा गर्ने होइन।’ 

    ‘अध्यक्षद्वयबीच हार्दिकता देखिएन’ 

    मंगलबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा भारतले नभएर आफूले मागेको बताएका थिए। प्रधानमन्त्रीको राजनीनामाका लागि  भारतले होटल र दूतावासमा छलफल सुरु गरेको भन्दै दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै प्रचण्डले प्रधानमन्त्रीले यस्तो हल्का अभिव्यक्ति दिनु नहुने भन्दै आपत्ति जनाएका थिए।

    प्रचण्डले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि मंगलबारको बैठकमै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलेसमेत आपत्ति जनाएका थिए। सबै शीर्ष नेताले प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरेपछि बुधबारको बैठकमा दुवै अध्यक्षसँगसँगै बसेका भए पनि हार्दिकता नदेखिएको नेताहरुले बताएका छन्।

    ‘महासचिव विष्णु पौडेलले सुरुमा नाम टिपाएका पाँच कामरेडलाई बोल्न अनुमति दिनुभयो’, ति नेताले भने, ‘सँगसँगै बसेपनि दुई अध्यक्षबीच हार्दिकता देखिएन। संसदमा सहभागी हुुनुपर्ने भन्दै बैठक स्थगित गरियो।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑