• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउनको अवधिमा अस्थायी इजलास वीरगञ्जबाट ४२ मुद्दाको फैसला

  • वीरगंज संजाल
  • १२ असार २०७७, शुक्रबार ०७:०६
  • ८४४१

    पर्सा | कोरोना महामारीका कारण लागू गरिएको लकडाउनमा पनि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले न्याय सम्पादनलाई निरन्तरता दिइरहेको छ। चैत ९ देखि न्याय क्षेत्रतर्फ साविकका सबै सेवा बन्द गर्ने सर्कुलर जारी भए पनि अस्थायी इजलास वीरगञ्जले रोक्न नमिल्ने मुद्दाहरु फैसला गर्दै पीडितलाई न्याय दिएको हो। पर्सामा रहेको जनकपुरको अस्थायी इजलास वीरगञ्जले तुरुन्तै न्याय सम्पादन गर्नुपर्ने सेवाहरु नरोकेको जनाएको छ।

    लकडाउन सुरु भएदेखि असार ६ सम्म अस्थायी इजलास वीरगञ्जले ४२ वटा मुद्दा फैसुला गरेको अदालतका रजिष्ट्रार ठाकुर खरेलले जानकारी दिए। फैसला भएका मुद्दाहरुमध्ये २४ वटा सरकारवादी फैजदारी पुनरावेदन दर्ताका मुद्दा छन्। त्यसै गरी रिटतर्फ १७ वटा र सुरु क्षेत्राधिकारतर्फ एउटा रहेको रजिष्ट्रार खरेलले जानकारी दिए। फैसला भएका मुद्दाहरुमा सरकारवादीतर्फ करणी, मानव वेचविखन, मानव ओसारपसार, जबरजस्ती करणी, हाडनाता, अप्राकृतिक मैथुनजस्ता छन् ।

    त्यसै गरी साना प्रकारका मुद्दाहरु बहुविवाह, सवारी ज्यान मुद्दा, बालविवाह, चोरी, लागु औषधका रहेका छन्। लकडाउन अवधिमा २८० मुद्दा दर्ता विश्व महामारीको रुप लिएको कोरोनाका कारण लकडाउन चलिरहेको अवधिमा कुल २८० वटा नयाँ मुद्दा दर्ता भएका छन्। ती मुद्दामध्ये ४२ वटा फैसला नै भएका छन्।  दर्ता भएका मुद्दाहरुमा रितर्फ निषेधाज्ञाका ३९, परमादेशका ८, उत्प्रेषणका ९ र बन्दी प्रत्यक्षीकरणका १८ वटा छन्। त्यसै गरी सुरु क्षेत्रधिकार अन्तर्गत पनि बैंकिङ कसुरका १९, अवहेलनाको एक र राजस्व चुहावटको पनि एउटा मुद्दा दर्ता भएको अदालतले जनाएको छ।

    सरकारवादी फैजदारी पुनारावेदन दर्ताका भने सबैभन्दा बढी १८५ वटा मुद्दा दर्ता भएको रजिष्ट्रार खरेलले जानकारी दिए। लकडाउनको समयमा अस्थायी इजलास वीरगन्जले भर्चुअल बहस पनि सुरु गरी सेवाग्राहीलाई सेवा दिएको छ।  ठूला मुद्दाको काम प्रभावित ठूला खालका मुद्दा, जग्गासम्बन्धी मुद्दा, दुवै पक्षका झगडिया झिकाएर गरिने मुद्दाहरु भने कोरोना महामारीका कारण सुरक्षा सतर्कतालाई ध्यान दिँदै निरन्तरता दिन नसकिएको अदालतले जनाएको छ।

    लकडाउन खुकुलो भएपछि कानुन व्यवसायी अदालतमा नै आएर बहस गर्न थाल्नु भए पनि सार्वजनिक सवारी चलिनसकेको र सबै प्रकारका झगडिया झिकाउन समस्या हुने भएकाले त्यस्ता मुद्दाको कार्वाही अगाडी बढाउन नसकिएको रजिष्ट्रार खरेलले बताए। लकडाउन खुकुलो नभएको समयमा अदालतले भर्चुअल बहसबाट पनि कार्य सम्पादन गरेको थियो। झगडियालाई भर्चुअलभन्दा साविककै वहस मोह सेवाग्राहीहरुले भर्चुअल बहसभन्दा न्यायाधीशसँग आँखामा आँखा जुधाएर गरिएको बहस ठिक लागेको बताए। न्यायाधीशका अघि उभिएर अलि ठूलो शब्दमा बोलेपछि सेवाग्राहीलाई त्यो चाहिँ ठिक भने जस्तो लाग्ने अस्थायी इजलास वीरगञ्ज बारका सचिव शैलेन्द्र चौरसियाले बताउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑