विरगंज ।विश्वव्यापी महामारीको रुपमा फैलिदै गइरहेको (कोभिड-१९) कोरोना भाइरसको कारण पर्सा जिल्लाका सबै सैलुन पसलहरू चैत्र ९ गतेदेखी नै अहिलेसम्म बन्द अवस्थामा रहेको कार्ण सैलुन संचालक हरु मारमा पर्दै गएका छ्न। नेपाल सरकारको बन्दावन्दीको कारण नाई श्रमिकको अवस्था दिनानुदिन झन कमजोर हुँदै गइरहेको छ । सबै व्यापार व्यवसाय खुलेपनि सैलुन पसलहरु बन्द अवस्थामा नैरहेको छ ।
तरपनि घरभाडा, पसलभाडा, बैंकऋण, व्याजको लागि चौतर्फि दबाब आउन थालेको तथा अहिलेसम्म नाईहरुलाई कुनै किसिमको सरकारबाट राहत नपाएकोले नाई श्रमिकका तर्फबाट विभिन्न ६ बुंदे माग जस्तै””नाई श्रमिकलाई लकडाउन अवधीको घरभाडा र पसल भाडा छुटको व्यवस्था गर्नुपर्ने ,नाई श्रमिकको बैंकको ऋण व्याज छुटको व्यवस्था गर्नुपर्ने , नाई श्रमिकलाई तुरुन्त राहतको व्यवस्था हुनुपर्ने, नाई श्रमिकको अनिवार्य निःशुल्क कोरोना जांचको व्यवस्था गर्नुपर्ने,नाई श्रमिकको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्ने , नेपाल सरकारबाट सम्पूर्ण सैलुनमा काम गर्ने नाई श्रमिकलाई मास्क सेनेटाइजर, PPE ड्रेस,पंजा लगायत स्वास्थ्य सामग्री निःशुल्क व्यवस्था गरी सुरक्षित तरिकाले सैलुन खोल्ने घोषणा गर्नुपर्ने””
लगाएत का माग सहितको ज्ञापन पत्र विरगंज महानगरपालिकाको प्रमुख विजय कुमार सरावगी लाई बुझाएका छ्न। उक्त माँगहरु सम्बोधन नभएको खण्डमा नाई श्रमिकहरु बाध्यताबस चरणवद्ध रुपमा आन्दोलन गर्दै सबै सैलुन पसलहरु स्वयम् खोल्ने व्यहोरा समेत उल्लेख गरि नगर प्रमुख सरावगी लाई बुझाइएको छ।नेपाल नाइँ संघ पर्साको सचीव चन्दन ठाकुरले जनाएका छन् ।