चाडपर्वलाई लक्षित गर्दे सुपथ मूल्यको पसल हेटौंडामा संचालन विरगन्जमा भएन
वीरगंज संजाल
२६ भाद्र २०७६, बिहीबार ०९:४५
३७७९
वीरगन्ज । चाडपर्वलाई लक्षित गर्दै वीरगन्जमा संचालन हुनु पर्ने सुपथ मूल्य पसल अहिले सम्म संचालन भएको छैन तर हेटौंडामा हिजो २५ गते देखि संचालमा आएको छ ।
चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनले हेटौंडामा हिजो सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । बुधबार हेटौंडा–४ खोपेगल्लीमा सञ्चालनमा आएको सुपथ पसलको मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले उद्घाटन गरेका हुन् ।
सुपथ पसल उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले सुपथ पसलका कारण चाडबाडको समयमा हुने कालोबजारी नियन्त्रणमा सघाउ पु¥याउने बताए । सुपथ मूल्य पसलबाटै आवश्यक सामग्री खरिद् गर्न मकवानपुरका सर्वसाधारणलाई अनुुरोध गर्दै उनले बजारमा सामग्री किन्दा विल लिन अनुरोध गरे ।
चाडपर्वको समयमा हुने कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई पनि प्रभावकारी रुपमा अघि बढाउने उनले बताए ।
सुपथ पसलमा चिनी, आयो नुन, मैदा र आटा उपभोक्ताहरुले खरिद गर्न पाउने व्यवस्था रहेको छ । सुपथ पसलबाट चिनी ७२ रुपैयाँ र नून १८ रुपैयाँ प्रतिकेजीमा खरिद गर्न सकिने साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख शैलेश पाण्डेले जानकरी दिए ।
बजार मूल्य भन्दा केही सस्तोमा चिनी, नुन, मैदा र आटा विक्री भैरहेको उनले जानकारी दिए । हेटौंडा बजारमा विगत ९ वर्षदेखी सुपथ पसल सञ्चालनमा आइरहेको छ ।