आज:
  • होमपेज / Breaking News

    मन्त्रालयले पठाएको पीसीआर किट काम लागेन,वीरगन्जको ल्याब ३ दिनदेखि बन्द

  • वीरगंज संजाल
  • ९ असार २०७७, मंगलवार १७:१०
  • ४३५३

    वीरगन्ज : वीरगन्ज स्थित नारायणी अस्पतालको पीसीआर ल्याब (प्रयोगशाला)  किट अभावमा ३ दिनदेखि ठप्प छ । स्वाब परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले पठाएको पीसीआर किट काम नलागेका कारण किटको अभाव भइ नारायणीको पीसीआर ल्याब सोमबारदेखि संचालनमा नआएको हो ।

    रि–एजेन्ट (पीसीआर किट ) र आरएनए एक्सट्रयाक्सनको अभावमा आइतबार अपरान्हदेखि पीसीआर ल्याब संचालनमा नआएको ल्याब प्रमुख डाक्टर नीरा पाठकले जानकारी दिइन् । पछिल्लो समय स्वास्थ्य मन्त्रालयले पठाएको चिनीया कम्पनी ‘सनस्योर बायोटेक’ को पीसीआर किट अस्पतालको ल्याबमा रहेको पीसीआर मेशीनसँग मेल नखाएकाले ल्याब ठप्प नै भएको उनले बताइन्।

    उनका अनुसार , स्वास्थ्य मन्त्रालयले नारायणी अस्पतालको ल्याबको लागि ‘सनस्योर बायोटेक’को ५ सय थान पीसीआर किट पठाएको थियो ।
    ‘ प्रदेशको मन्त्रालयबाट आएको किट सकिएपछि काठमाडौंको मन्त्रालयबाट आएको किट प्रयोग गर्न खोज्दा मेसिनसँग मेल खाएन’, उनले भनिन्,‘ मन्त्रालयमा जानकारी गराउँदा अहिले होल्ड गर्नु भनेपछि आइतबार अपरान्हदेखि नै ल्याब बन्द छ ।’

    प्रदेश सरकारको आग्रहमा संघीय सरकाले नारायणी अस्पतालमा बैशाख ३ मा पठाइ दिएको पीसीआर मेसिन जडान गरी बैशाख २३ देखि पीसीआर ल्याब संचालनमा ल्याइएको थियो । नारायणी अस्पतालको ल्याबमा प्रदेश २ का पर्सा बारासहित ६ जिल्लामा संकलन गरिएका स्वाबको पीसीआर परीक्षण हुँदै आएको थियो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर मदन उपाध्यायका अनुसार ल्याब संचालनमा आएदेखि यता आठ वटा कम्पनीका पीसीआर किट स्वास्थ्य मन्त्रालयले पठाएको र ती सबै किट पीसीआर मेसिनसँग मिल्दो भएकाले प्रयोगमा आएको थियो । तर पछिल्लो समय मन्त्रालयले पठाएको ‘सनस्योर बायोटेक’ कम्पनीको पीसीआर किट भने मेशीनसँग मिल्दो नभएकाले स्वाब परीक्षण कार्य रोकिएको उनले बताए ।

    अस्पताल श्रोतका अनुसार नेपाली सेनाले खरिद गरी स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको ‘सनस्योर बायोटेक’ कम्पनीको पीसीआर किट प्रयोगमा आउन नसकेको हो । मन्त्रालयबाट अस्पतालमा पठाइएको किट काम नालागेको विषयमा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा लिखित रुपमै जानकारी गराइसकेको भए पनि त्यहाँबाट कुनै जवाफ नआएको मेसु उपाध्यायले बताए ।

    उपाध्यायका अनुसार ‘सनस्योर बायोटेक’कम्पनीको पीसीआर किट वीरगन्जको  ल्याबमा मात्र नभइ भरतपुर, हेटौंडा, नेपालगन्ज र काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत प्रयोगमा आउन सकेको छैन । नारायणीको ल्याबमा परीक्षण बन्द हुँदा पर्सासहित विभिन्न जिल्लाबाट संकलन गरी अस्पतालमा ल्याइएका १ हजार ३ सय स्वाब , चेकजाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको मेसु उपाध्यायले जानकारी दिए । anpurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑