• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्रम मन्त्रालय भने अनिर्णित,सीसीएमसीले वैदेशिक रोजगारी खोल्यो

  • वीरगंज संजाल
  • ८ असार २०७७, सोमबार २२:००
  • ३५७३

    काठमाडौं । अहिले धेरै नेपाली कामदारहरुको चासो छ, अब वैदेशिक रोजगारी कहिलेबाट खुल्छ ? यसो हुनुमा लकडाउनले बढाएको बेरोजगारी समस्या मात्र कारक छैन, नियमित बिदामा स्वदेश आएकाहरुलाई परेको अप्ठ्यारो पनि एक हो ।यही सन्दर्भमा गत शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबारको बैठकले वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ ।बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नयाँ तथा विदामा आएका नेपाली कामदारहरु श्रम मन्त्रालयको सिफारिसमा बाहिर जान पाउने निर्णय भएको जानकारी दिए ।तर, त्यसबारे विस्तृृत विवरण बुझ्न सम्पर्क गर्दा मन्त्री ज्ञावालीको बोली फेरियो । उनले ‘भ्रमणमा गरिँदै आएको कडाइ केही कम गरिएको र त्यसअनुसार विदामा आएका कामदार मात्रै फर्किन पाउने बताए ।परराष्ट्रमन्त्रीको वक्तव्य बदलिएपछि विदेश जान पाइने आशामा बसेकाहरु अन्योलमा परे । त्यसमा अन्योल थप्ने गर्ने काम ग¥यो, सीसीएमसीको लिखित निर्णयले ।

    सीसीएमसीको आफ्नो वेबसाइटमा प्रकाशित गरेको निर्णयको सूचीमा लेखिएको छ, ‘वैदेशिक रोजगारीमा रही विदामा आएका र नयाँ रोजगारीमा विदेश जाने श्रमिकहरुको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोभिड–१९ को रिपोर्ट चाहिने भएमा सम्बन्धित व्यक्तिले नै खर्च ब्यहोर्ने गर्ने गरी र जनस्वास्थ्य प्रोटोकल पालना गरी आवत–जावत अनुमति दिने ।’यो निर्णयको प्रति श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा पनि आइसकेको छ । तर, मन्त्रालयले निर्णयअनुसार श्रम स्वीकति खोलेको छैन । तत्कालै खोल्ने छाँट पनि देखाएको छैन ।सीसीएमसीको निर्णयले कामदार मात्रै हैन, श्रम मन्त्रालय पनि अल्मलिएको छ । निर्णयअनुसार तत्कालै मुख्य श्रम गन्तव्यमा जान श्रम स्वीकृति दिँदा हुन सक्ने कठिनाइबारे विश्लेषण गरेको मन्त्रालयले तत्काल सबै गन्तब्यमा श्रम स्वीकृति खोल्न नहुने निश्कर्ष निकालिसकेको छ ।

    श्रम मन्त्रालयले जापान लगायतका केही युरोपेली देशमा जाने कामदारलाई श्रम इजाजत दिएर त्यहाँसम्म चार्टर्ड फ्लाइटका लागि जाने विमानमा पठाउने प्रस्ताव सीसीएसीसामु राखेको थियो । अहिले कोरियामा कामदार पनि त्यसैगरी गइरहेकाले जापानमा पनि जोखिम घटेकाले नयाँ कामदारलाई जान दिन सकिने निश्ष्र्का निकालिएको थियो । सँगै केही महत्वपर्ण जागिरमा रहेकाहरुलाई विदा सकेर फर्किने विदेश अनुमति दिन मागिएको थियो ।तर, सीसीएमसीले यसबारे कुनै देश नतोकी शर्तहरुको पालना हुने गरी श्रम स्वीकृतिबारेका सबै निर्णय गर्न सक्ने अधिकार श्रम मन्त्रालयलाई दियो । यसले गर्दा सीसीएमसीले वैदेशिक रोजगारी खुला गर्ने भने पनि श्रम मन्त्रालय आफैं सबै दशेमा जान दिन नहुने कित्तामा उभिन प¥यो ।श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरे अब नयाँ र विदामा आएका दुबैखालका कामदारलाई विदेश पठाउन सकिने बताउँछन् । तर, कसरी र कहाँ–कहाँका लागि अनुमति दिने भन्ने तय भने नभएको उनको भनाइ छ ।

    ‘अब सबै देशमा अवस्था हेरेर कामदार पठाउन सकिन्छ, त्यसका लागि के–के गर्ने भनेर एउटा कार्यप्रक्रिया तय गर्नुपर्छ,’ घिमिरेले भन्छन्, ‘त्यो तय भएपछि कुन देशमा कसरी रोजगारीका लागि जाने न अनुमति दिने भने टुंगो लाग्छ ।’मन्त्रालयमा यसबारे सोमबार भएको छलफलमा यस्तो विषय टुगो लागेन । खाडीका देशमा अहिलेकै कामदारलाई जान दिन नहुने श्रम अधिकारीहरुको भनाइ छ । त्यसमाथि सार्वजनिक सवारी बन्द गरेर सबै दशेका लागि वैदेशिक रोजगारी खोल्नुको पनि अर्थ नहुने मनत्रालयको निश्कर्ष छ ।जापान, कोरिया र केही युरोपेली देशमा जाने कामदारलाई भने मापदण्ड बनाएर त्यसअनुरुप जान दिन सकिने मन्त्रालयका अधिकारीहरुको मत छ ।‘नियमित उडान नखुलेसम्म मलेसिया र खाडीका देशमा श्रम स्वीकृति खोल्नुका कुनै औचित्य हुँदैन,’ मन्त्रालयका एक अधिकारी भन्छन्,‘चार्टर्ड फ्लाइटमा महंगो शुल्क तिरेर कामदार जान पनि सक्दैनन्, त्यसमाथि अहिलेसम्म मलेसिया र खाडीमा महामारी टरिसकेको छैन ।’

    खाडीका कम्पनीमाट माग पनि नआइरहेको भन्दै ती अधिकारीले केही अन्य देशका लागि भने नयाँ श्रम स्वीकृति पनि खोल्न सकिने बताए ।वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल मन्त्रालयले गर्ने निर्णयका आधारमा विभागले श्रम स्वीकृति खोल्ने बताउँछन् ।‘मन्त्रालयले अहिलेसम्म कुनै निर्देशन दिएको छैन, हामी त्यसकै प्रतिक्षामा छौं,’ उनले भने, ‘हामीले सुनेसम्म नयाँ र विदामा आएका दुबैलाई श्रम स्वीकृति दिने निर्णय भएको छ, यसबारे मन्त्रालयले केही विषय तोकेर दिएपछि त्यसैअनुसार गर्छौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑