• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व सङ्गीत दिवस’को शुभकामना !

  • वीरगंज संजाल
  • ७ असार २०७७, आईतवार ०६:५७
  • ५१५३

    वीरगंज | एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलोपटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार Maurice Fleuret कोसोच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन ‘विश्व सङ्गीत दिवस्’ अर्थात् ‘World Music Day’ मनाइँदै आएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस् विशेष उत्सवका रुपमा मनाइन्छ।सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ-आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् । वहूजाती, भाषा, धर्म अनि संस्कृती भएको देश नेपालमा त झन् न्याउली रूँदा होस् या मुर्चुङ्गाको कम्पन निस्कँदा आउने माैलिक धून होस् सङ्गीत हाम्रो संस्कार अनि सभ्यतामार्फत् प्रशस्तै सुन्न पाइन्छ । मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरी देखि विनायो सम्म नेपाली सङ्गीत सृजनाहरूमा नेपाली माैलिकता थप्ने बाजाहरू हुन ।

    कसैकालागि सङ्गीत एउटा अभिब्यक्ति हुनसक्दछ भने कसैको लागि सङ्गीत एउटा पेशा, कसैकलागि साथी हुनसक्दछ त कसैका लागि यो एउटा नशा । पूर्वीय घरानामा हुर्किएका सास्त्रिय सङ्गीत, फिरन्ते समूदायका सङ्गीत, ब्लुजदेखि हिपहपसम्म, र्‍यापदेखि मेटलसम्म अनि लोकगीत देखि गजलसम्म सङ्गीत विश्वव्यापी फराकिलो आकारमा फैलिएको छ । वैदिक सनातन संस्कारमा त शदियौंदेखि हरेक पूण्य या सतगतका कार्य गर्दा शंख बजाउने चलन रहेको छ । एकोहोरो शंख बज्दा दुःखका संस्कार र दोहोरोमा शुभकार्यको जनाऊ गरिने चलन परापूर्वकालदेखि चलिआएको छ ।भजन, किर्तन, रोधी, आलाप, ओपरा, मुशाहयरा, मेहफिल अनि मञ्चहरु सङ्गीतकै कारणले त चर्चित छन् । राष्ट्रगीत देखि गाईनेका व्यथाहरू सङ्गीतकै कारणले त मर्मस्पर्शी छन् । फेरि सङ्गीत भनेको बाजा, गीत या सूत्रगत् आवाजहरु मात्र पनि त हैनन्, यसको दायरा विशाल छ, शायद् आकाशको असिमित दायरा झै ।

    बलेसीबाट चुहिने पानीका थोपाहरुका आवाज, कोईलीको कुहूकुहू, मन्दिरको घण्ट, मस्जिदको प्रार्थना, चर्चको भजन अनि खोलाको गर्जन सम्म सङ्गीत बगीरहन्छ । कानको बाटो हुँदै हृदयमा जब सङ्गीतले आफ्नो असर छाड्छ आङ सिरीङ बनाइदिन्छ, त्यस्तो ताकत छ सङ्गीतमा । सुन्न मात्र नभई यसको विविधता अनुभव गर्न पनि सङ्गीत पारखीले सङ्गीत रोज्ने गर्दछन् ।नेपालमा विक्रम सम्वत् २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो। सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक-गायीका, लेखक-रचनाकार, सङ्गीतकार तथा सङ्गीतप्रेमीहरुको सहभागीतामा सङ्गीत दिवस मनाउने गरिन्छ । सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक संघले काठमाण्डौमा प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ ।

    यस अवसरमा कला र सङ्गीत सम्बन्धी विचारशाला गोष्ठी, छलफल र सङ्गीत श्रष्टाहरुलाई सम्मान समेत गरिने गरिन्छ । नेपालले पनि विश्व सङ्गीतसंग जोडिन सङ्गीत दिवसलाई गतिलो अवसरका रुपमा उपयोग गर्दैआएको छ ।विश्व मानचित्र अनि नेपाली परिवेशका सकल सङ्गीतकर्मीहरुको सम्झना गर्न चाह्यौं । बखत बहादर बुढापिर्ती देखि बेखामान सम्म, अम्बर गुरुङ्ग देखि सुनिल बर्देवासम्म, कुल पोखरेलदेखि यम बुद्ध (अनिल अधिकारी) सम्म अनि ज्ञात अज्ञात सम्पूर्ण श्रष्टाहरु जसका सङ्गीतले नेपाली माटोले जन्माउने माैलिक नेपाली सङ्गीतको व्याख्या गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑