सिमरा : आगामी असोज मसान्तसम्म सिंगो मुलुकलाई नै दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त मुलुक घोषणा गर्ने राष्ट्रिय अभियानअन्तर्गत यतिबेला बाराका स्थानिय तहहरु समेत धमाधम खुला दिशामुक्त घोषणा हुँदैछन् ।
जसअन्तर्गत बाराका दुई उपमहानगर एकैसाथ खुला दिशामुक्त घोषणा भएका छन् ।
जिल्ला समन्वय समिती बाराका अध्यक्ष नवलकिसोर सिहले कलैया उपमहानगरपालिकालाई जिल्लाको १५ औँ र जीतपुरसिमरा उपमहानगरलाई १६औँ स्थानिय तहको रुपमा बुधबार खुला दिशामुक्त घोषणा गरेका हुन् ।
दुई उपमहानगर, चार नगरपालिका र १० गाउँपालिका गरि जम्मा १६ स्थानिय तह रहेको बारामा अन्य स्थानिय तहहरु यस अघी नै खुला दिशामुक्त भैसकेका छन् ।