वीरगंज। विश्वभर कोरोना भाइरसको महामारी झन् खतरनाक बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एकै दिन डेढ लाखभन्दा बढीका दरले संक्रमित थपिन थालेपछि स्थित भयावह रहेको भन्दै खतरनाक अवस्थाबारे जानकारी दिएको हो ।बितेको २४ घन्टामा एक लाख ७६ हजार संक्रमित भइसकेका छन् । कुल संक्रमित संख्या ८७ लाख ४६ हजार नाघेको छ । मृतक संख्या ४ लाख ६१ हजार कटेको छ ।अमेरिकामा संक्रमित संख्या २२ लाख ९६ हजार पुगेको छ । त्यहाँ एक लाख २१ हजारको संक्रमणबाट मृत्यु भएको छ ।
ब्राजिलमा संक्रमित संख्या १० लाख कटेको छ । जसमध्ये ४९ हजारको मृत्यु भएको छ ।रुसमा ५ लाख ६९ हजार संक्रमितमध्ये ७ हजार ८ सयको मृत्यु भएको । भारतमा ३ लाख ९५ हजार संक्रमित हुँदा १२ हजार ९ सयको मृत्यु भएको छ ।सँसारभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आडानोम गेब्रिसेसले विश्व नयाँ र त्रासदीपूर्ण चरणमा रहेको औल्याएका छन् । उनले शुक्रबार भने, विश्व नयाँ र भयावह चरणमा छ । अवस्थाको अवस्था झनै डरलाग्दो हुनेतर्फ सचेत गराए ।
मानिसहरु घरमा बस्दा वाक्क भएर समाज र अर्थतन्त्र सुचारु गर्न खोजिरहेकोतर्फ औलयाउँदै भने, भाइरस छिटो छिटो फैलिइरहेछ । भाइरस डरलाग्दो भएको र धेरै मानिसहरु अझै असंवेदनशील देखिएकोमा चिन्ता व्यक्त गरे ।विश्वभर कोरोना संक्रमित संख्या एक करोडतर्फ बढिरहँदा डब्लुएचओको भनाई आएको हो । संक्रमित वृद्धि भएपनि धेरै देशले लकडाउन खोलिसकेका छन् । यसले संक्रमण झन् फैलन थालेको छ । तर, सर्वसाधारण लकडाउन लम्ब्याइरहँदा भोकमरीको खतराबाट सतर्क भइरहेका छन् ।