पर्सा ।पर्सामा आज फेरि एक जना पुरुषले आत्महत्या गरेका छ्न। यसरी लोकडाउन को अवस्थामा पर्सा जिल्लामा २६ जनाले आत्महत्या गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ४ बन्जारी घर भएका माया महतोको अन्दाजी २५ बर्षिय छोरा भागिरथ महतो आज विहान ५ बजे आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका छन।युवकले किन आत्माहत्या गरेको खुलेेेको छौन।
यवकले आत्महत्या गरेको सूचना प्राप्त हुन साथ घटना स्थलमा प्रहरी पुगेको र घटनाको बिषयमा अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । युवकले किन आत्मा हत्या गरेको अनुसन्धानपछि खुल्ने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्थानियहरुका अनुसार घरमा अन्य परिवारका सदस्यहरु रहेको भए पनि घटना विहान ५ बजे मात्र थाह भएको वताएका छन् ।मृत्यु भएको युवकको शव वीरगंजको नरायनी आस्पतालमा पोस्टमार्ड्म को लागि पठाइएको छ।