वीरगंज । ब्राजिलमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । लकडाउन खुकुलो हुँदै जाँदा ब्राजिलमा संक्रमण पनि फैलिँदै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा हालसम्म कोरोना संक्रमणका कारण ४५ हजार २४१ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ९ लाख २३ हजार १८९ पुगिसकेको छ ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा १२ सय कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने २३ हजार कोरोना संक्रमित थपिएका छन् । ब्राजिल विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने र यसका कारण ज्यान गुमाउने देशको सूचीमा अमेरिका पछि दोस्रो नम्बरमा छ ।