भारत | भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ६०४ पुगेको छ ।भारतमा पछिल्लो २४ घण्टामा ३४२ जनाको मृत्यु भएको छ भने १३ हजार ८२७ जना नयाँ संक्रमित थपिएका छन् ।योसँगै भारतमा संक्रमितको ३ लाख ८१ हजार ९१ पुगेको हो ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख ५ हजार १८२ जना संक्रमणमुक्त भएका छन् ।कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।