• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समाज कोरोनाभन्दा ‘फेसबुक संक्रमण’ ले मानिस आतंकित बन्दै Read more at: https://thahakhabar.com/news/100839

  • वीरगंज संजाल
  • ४ असार २०७७, बिहीबार २०:३४
  • २७८१

    पर्वत | बिहीबार बिहान फलेवास नगरपालिका–२ थापाठाना, वडा नं. ४ मुडिकुवा, वडा नं. १० कुर्घा, कुस्मा नगरपालिका–९ कटुवाचौपारीसहित मोदी गाउँपालिका र जलजलासहित ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भयो।  स्वास्थ्य निर्देशनालय गण्डकीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कोरोनाबारे सूचना सार्वजनिक गर्दै आएको छ। निर्देशनालयले उक्त विज्ञप्ति जारी गरेको केही मिनेटमै फेसबुक प्रयोगकर्ताले त्यही विज्ञप्ति अपलोड गर्दै भनिरहेका हुन्छन्, ‘ल फलानो ठाउँसम्म आइपुग्यो, अब बिस्तारै फलानो ठाउँमा आउँदै छ।

    ’, ‘ल सबै सुरक्षित रहौँ, बाहिर ननिस्कौँ, पल्लो गाउँमा आइपुग्यो।’, ‘फलानो ठाउँमा सकेसम्म नजाऔँ, त्यहाँ संक्रमण रहेको पुष्टि भएको छ।’ स्वास्थ्य निर्देशनालयलाई पनि जितेर फेसबुकमा सूचना प्रवाह गर्न तँछाडमछाड गर्नेहरूका कारण सङ्क्रमित र उसको जन्म गाउँका स्थानीयको चित्त दुखेको छ। संक्रमण नबुझी पुष्टि भएकाको गाउँ वा स्थानीय तहको नाम बारम्बार जप्दै ‘फलानोमा खतरा छ’ भन्दै फैलिएको जथाभावी सूचनाले धेरै आत्तिएका छन् जिल्लामा यतिबेला। अन्धाधुन्ध फेसबुकमा लेखेकै कारण ग्रामीण क्षेत्रका नागरिकलाई बढी तनाव भएको देखिएको छ। फेसबुकबाट आतंक फैलाउने न त सम्बन्धित स्थानीय तहका आधिकारिक व्यक्ति, न त तोकिएका चिकित्सक र न त प्रहरीसँग नै सहकार्य गर्छन्।  उनीहरु सञ्चारमाध्यममा आउने सूचना कत्ति पनि पर्खंदैनन्।   अगाडि नै ‘फलानो गाउँमा संक्रमण भयो रे’ भनी सनसनी मच्चाइरहेका हुन्छन्। जसले गर्दा आम नागरिक कोरोनाभन्दा फेसबुक संक्रमणबाट बढी जोखिममा छन्।

    फलानो ठाउँमा कोरोना आइपुग्यो भनी फेसबुकमा गरिने घोषणाले आम नागरिकको मनस्थितिलाई गम्भीर असर गर्ने पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटा बताउँछन्। ‘मानिसको शरीरमा सक्रिय रहने प्रतिरक्षा प्रणाली उसको दिमागमा खेलिरहेका कुराहरूसँग सम्बन्धित हुन्छन्। सकारात्मक सोचसहित निडर रहँदा प्रतिरक्षा प्रणाली बलियो बन्न सघाउ पुग्छ।’ उनले भने, ‘चिन्ता गर्ने, डराउने, मनमा कुरा खेलाउने गरिरहँदा कमजोर बन्छ। फेसबुकमा राखिने त्रासपूर्ण स्ट्याटसले मानिसको मनस्थितिलाई कमजोर पार्छ।’  लकडाउनका कारण बजार क्षेत्रमा जनघनत्व कम भएको छ भने ग्रामीण क्षेत्रहरूमा उच्च चाप छ। तीनै ग्रामीण क्षेत्रहरूमा सूचना, स्वास्थ्य र शिक्षाको पहुँच पनि कम भएका कारण चोकमा बसेर चिया गफका रूपमा गरिने कुरा वा फेसबुके स्ट्याटसलाई नै पत्याउनेहरूको संख्या पनि धेरै छ।

    पर्वतमा हालसम्म कोभिड १९ बाट संक्रमित भएकाको संख्या ३८ पुगेको छ। उनीहरू सबै जना रोजगारीको सिलसिलामा भारतमा रहेर लकडाउनकै अवधिमा फर्किएकाहरू हुन्। उनीहरूलाई उद्धार गरेर ल्याएपछि सदरमुकाम आइपुग्दा साथ गाडीबाट सीधै क्वारेनटाइनमा लैजाने गरिएको छ।  नेपाल बाहिरबाट आएका एक जना व्यक्ति घरमा पुग्न करिब १ महिना लाग्ने अवस्था छ। यदि त्यो व्यक्तिमा संक्रमण नै भएको भए पनि ऊ घरमा जान नपाएका कारण समुदायमा संक्रमण फैलने खतरा हालसम्मको अवस्थामा नियन्त्रित छ।  अफवाह फैलाए कारबाही हुन्छ : प्रहरी जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले कसैले पनि त्रास फैलाउने वा अनावश्यक हल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाउने बताए। अहिलेसम्म यो केसमा कसैलाई पनि नियन्त्रणमा लिन नपरेको उनले बताए। सामाजिक सञ्जालमा कसैले लेखेकै भरमा समस्या नभएको पनि उनले बताए। तर संक्रमित व्यक्ति वा उसको परिवार र गाउँलाई आक्षेप लगाइएको लगायत गतिविधि गरेको पाइमा साइबर अपराध अन्तर्गत मुद्दा दायर गर्ने उनले चेतावनी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑