• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्वारेन्टाइनको दुर्दशा

  • वीरगंज संजाल
  • ४ असार २०७७, बिहीबार ०७:३५
  • ३३३३

    वीरगंज | केही दिनयता सडकदेखि संसद्सम्म १० अर्बको हिसाब माग्दै सरकारसँग प्रश्न उठाइएको छ । प्रधानमन्त्रीले अहिले कोरोनाको कुरा गर, हिसाबको कुरा नगर भनेर पन्छिए र आफ्ना सचिवालयका सदस्यमार्फत एउटा बतासे हिसाब सार्वजनिक गर्न लगाए । तर, कोरोना महामारी फैलन नदिन बाहिरबाट आउनेलाई आफ्नो परिवार र समाजसँग घुलमिल हुनुअघि १४ दिन अलग राखेर आवश्यक परीक्षण गर्ने र स्वस्थ रहेको पुष्टि भएपछि मात्र घर पठाउने व्यवस्था मिलाइएको छ । यसरी दुई साता बस्ने व्यवस्था गरिएको ठाउँ हो, क्वारेन्टाइन । यस्ता ठाउँमा स्वास्थ्य र सुरक्षासम्बन्धी आवश्यक बन्दोबस्त मिलाइएको हुनुपर्छ । मापदण्ड पूरा गरिएको हुनुपर्छ । यसैका लागि नेपाललाई सहयोग पनि आएको छ र सरकारसँग रकम जम्मा पनि भएको छ ।

    जे–जस्तो छ, त्यसैमा निर्वाह गर्न खोज्दा क्वारेन्टाइन यातनागृहजस्ता बनाइए । मानिसको आत्मसम्मानमा चोट पुग्ने गरी बस्न बाध्य पारियो, जसको ओठेजवाफ दिएर इतिहासले दिने दण्डबाट मुक्त हुन सकिनेछैन ।

    तर, खासगरी भारतबाट नेपाल आउनेहरूका लागि व्यवस्था गरिएका क्वारेन्टाइनहरूको व्यवस्था हेर्‍यो भने कहालीलाग्दो चित्र आउँछ, सरकारको अकर्मण्यता, लापर्बाही र अनुत्तरदायीपना उजागर हुन्छ । केही दिनयताका समाचारको सूची हेरौँ : क्वारेन्टाइनमा बसेकी महिलालाई सामूहिक बलात्कार, क्वारेन्टाइनमा बसिरहेका युवाले गरे आत्महत्या, क्वारेन्टाइनमा उपचार नपाएर युवाको मृत्यु, क्वारेन्टाइनमा बसेको २९ दिन हुँदा पनि न परीक्षणको रिपोर्ट दिइयो, न घर पठाइयो, क्वारेन्टाइनमा बसेका नागरिक शौच गर्न खोलातिर र नुहाउन घरगाउँतिर जान्छन्, दिउँसो सरकारलाई देखाउन क्वारेन्टाइनमा राति खान र सुत्न घरतिर । यी केही शीर्षक मात्र हुन्, जसले हाम्रो सरकारले जनताको स्वास्थ्योपचार र सुरक्षाका मामिलामा गरिरहेको खेलबाडलाई प्रतिबिम्बित गर्छन् । समाचारअनुसार कुनै–कुनै क्वारेन्टाइनमा एउटै ओछ्यानमा चारजनासम्म सुत्नु परेको छ । र, सबैभन्दा घातक पक्षचाहिँ आरडिटी परीक्षणमा पोजेटिभ देखिएका र नदेखिएकालाई मिसमास पारेर राखिएको छ ।

    समाजमा कोरोना फैलन नदिन भनेर बनाइएका क्वारेन्टाइन आफैँ कोरोना संक्रमण गराउने कारखाना जस्ता बनेका छन् । यस्तो समस्या खासगरी प्रदेश १ को झापा, प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिममा बढी देखिएको छ । यी प्रदेशहरू भारतबाट नेपाल फर्केका झन्डै दुई लाख मानिसको व्यवस्थापन गर्न नसकेर अस्तव्यस्त भएका देखिन्छन् । डेढ लाख मानिस अहिले पनि क्वारेन्टाइनमा रहेको र परीक्षणको दैनिक दर न्यून भएका कारण यी सबैको परीक्षण गरेर घर पठाउने या उपचारमा लाने विषय नै अव्यवस्थित र अस्तव्यस्त भएको छ । यो परिस्थिति आउन सक्छ भन्ने अनुमान पहिले नै गरिएको थियो । अरू क्षेत्रको बजेट कोरोना रोकथाम नियन्त्रण र उपचारजस्ता अत्यावश्यक क्षेत्रमा परिचालन गर्न सहज पनि थियो । तर, प्रधानमन्त्री र उनले विश्वास गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको विपत् व्यवस्थापन केन्द्र र उच्चस्तरीय समितिले यो संकटको सामना गर्ने गरी राजनीतिक परिचालन गर्न पटक्कै ध्यान दिएन, त्यसको आवश्यकता देखेन र प्रधानमन्त्रीकै शैलीमा एक्लै हिँड्ने प्रयास गर्‍यो ।

    प्रदेश र स्थानीय तहलाई अनुदान सार्दै जाने व्यवस्था त गरियो, तर केन्द्र सरकार र प्रदेश तथा स्थानीय सरकारबीच पर्याप्त सहकार्य भएन । कर्मचारी संरचना, संस्थागत क्षमता र तत्परताका दृष्टिले पनि स्थानीय तहहरू यो भेललाई व्यवस्थापन गर्न सक्दैनथे । त्यसका लागि संघीय तथा प्रदेश सरकारले आवश्यक भूमिका खेल्नुपर्थ्यो । जे जस्तो छ, त्यसैमा निर्वाह गर्न खोज्दा क्वारेन्टाइन यातनागृहजस्ता बनाइए । मानिसको आत्मसम्मानमा चोट पुग्ने गरी बस्न बाध्य पारियो । यो सरकारका तर्फबाट गरिएको एकप्रकारको अपराध हो, जसको ओठेजवाफ दिएर इतिहासले दिने दण्डबाट मुक्त हुन सकिनेछैन । सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, राज्यका सबै संयन्त्रलाई व्यवस्थित रूपमा परिचालन गर्ने, सबैलाई उत्तरदायी बनाउने र खासगरी प्रदेश तथा स्थानीय सरकारलाई प्रभावकारी रूपमा परिचालन गर्ने काम गरेको भए पनि यतिबिघ्न समस्या आउने थिएन । सरकार सञ्चालनका अरू क्षेत्रमा जस्तै कोरोनासम्बन्धी क्षेत्रमा पनि सरकार पूर्ण रूपमा असफल देखिएको छ । अझै काम बाँकी छ, स्थानीय सरकारको क्षमता वृद्धि गर, तिनलाई सहयोग गर र क्वारेन्टाइन व्यवस्थित बनाऊ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑