पोखरा | गण्डकी प्रदेशमा बुधबार बिहान थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीका १८ जना र पर्वतका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएका हुन् ।सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बसेका थिए । अहिले उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको डा. विनोद विन्दु शर्माले बताए ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।