• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संक्रमण फैलाउने कारखाना बन्दै क्वारेन्टाइन

  • वीरगंज संजाल
  • ३ असार २०७७, बुधबार ०६:२३
  • २४०५

    वीरगंज । कोरोना संक्रमणबाट जोगिन र फैलिन नदिन देशभर दुई लाख ५३ हजार तीन सय २२ बेड क्षमताका क्वारेन्टाइन बनाइएका छन् ।९० प्रतिशतभन्दा धेरै क्वारेन्टाइन मापदण्डविपरीत निर्माण गरिएका छन् । मंगलबारसम्म एक लाख ३३ हजार ९ जना बसेका छन् । तर, अधिकांश क्वारेन्टाइन भद्रगोल छन्, जहाँ न्यूनतम पूर्वाधार समेत छैनन् । एउटै ओछ्यानमा तीन–चार जनासम्मलाई सुताइएको छ । सबैले एउटै शौचालय र धारा प्रयोग गर्नुपर्छ ।कतिपय ठाउँमा त आरडिटी परीक्षण पोजेटिभ देखिएका र अरूलाई सँगै राखिएको छ । सबैभन्दा डरलाग्दो त क्वारेन्टाइन नै संक्रमण फैलाउने कारखाना बनिरहेका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ११ हजार दुई सय ८३, प्रदेश २ मा २९ हजार नौ सय ३५, बागमतीमा १० हजार ६ सय ८६, गण्डकीमा १० हजार ६ सय ८०, प्रदेश ५ मा ६३ हजार नौ सय आठ, कर्णालीमा ४४ हजार पाँच सय १३ र सुदूरपश्चिम प्रदेशमा ८२ हजार तीन सय १७ बेड क्षमताका क्वारेन्टाइन छन् । अधिकांश क्वारेन्टाइन नाम मात्रका छन् ।

    एउटै कोठामा कोचाकोच, स्यानिटाइजर समेत छैन

    झापामा अधिकांश क्वारेन्टाइन मापदण्डविपरीत बनाइएका छन् । विद्यालयमा बनाइएका क्वारेन्टाइनमा एउटै कोठामा कोचाकोच गरेर मान्छे राखिएका छन् । ‘एउटै कोठामा कोचाकोच छ, उही ओछ्यान छ ।एक जनामा संक्रमण देखिए सबैलाई सर्ने त्रास छ,’ गौरीगन्ज–६ स्थित खजुरगाछी माविको क्वारेन्टाइनमा बसिरहेका लक्ष्मीप्रसाद ताजपुरियाले भने । उनीसँगै एउटै कोठामा सात जना बसेका छन् । जसमध्ये चारजनालाई कोरोना देखिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनीसहित तीन जना भने अझै त्यही कोठा र ओछ्यानमा सुत्दै आएका छन् ।

    स्थानीय सरकारले कोठामा स्यानिटाइजर समेत नछर्केको ताजपुरियाले बताए । ‘कोठा सारिदिनू या विषादी छर्केर सफा गरिदिनू भन्यौँ, कसैले मानेनन् । हामी आफैले पानी लगाएर कोठा सफा गर्‍यौँ । कोरोना सर्छ कि भन्ने त्रासमा बस्नुपरेको छ,’ उनले भने ।उनको सँगैको कोठामा सातजना बसेका छन् । सबैले प्रयोग गर्ने शौचालय र नुहाउने ट्युबेल पनि एउटै छ । ‘स्यानिटाइजर माग्दा किन चाहियो भन्नु हुन्छ, साबुन पनि एउटा मात्र छ,’ क्वारेन्टाइनमा रहेका बुद्धनारायण गनगाईंले भने ।

    कोरोबारीस्थित क्वारेन्टाइनमा रहेका दिलीपकुमार राउतले चर्को गर्मीमा झुलसमेत नदिइएको बताए । । ‘यस्तो गर्मी छ, झुल दिएको छैन । रातभर लामखुट्टेले टोकेर सुत्नै पाइँदैन,’ उनले भने, ‘हामीलाई अपराधीलाई जस्तै राखिएको छ ।’पेटभरि खान पनि नपाएको उनको गुनासो छ । गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले स्थानीय तहको स्रोत र साधनले भ्याएसम्म व्यवस्थापन गरेको बताए  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उत्तरी क्षेत्रमा सेनाले व्यवस्थापन गरेका क्वारेन्टाइन केही व्यवस्थित भए पनि दक्षिण क्षेत्रका क्वारेन्टाइन अस्तव्यस्त छन् । झापामा रहेका ३५ क्वारेन्टाइनमा एक हजार ५० जना बसिरहेका छन् ।

    क्वारेन्टाइनका कोठा भरिए, बरन्डामा वास

    भारतबाट फर्कनेको घुइँचो नरोकिँदा सुदूरपश्चिमका क्वारेन्टाइन अस्तव्यस्त बनेका छन् । एउटै कोठामा १०–१५ जनासम्म राखिएको छ । उनीहरूले प्रयोग गर्ने शौचालय र धारा एउटै छ । जसले गर्दा संक्रमण नियन्त्रणभन्दा फैलने जोखिम बढेको छ ।प्रदेश राजधानी धनगढीकै क्वारेन्टाइनहरू अव्यवस्थित छन् । तराईको चर्को गर्मीमा अधिकांश क्वारेन्टाइनमा पंखाको व्यवस्था छैन । खानेपानी र शौचालय अभाव छ । क्वारेन्टाइनमा बसेकालाई खाना र खाजाको व्यवस्था हुन सकेको छैन ।धनगढी उपमहानगरपालिका–१ का सुरज चौधरी तीन दिनदेखि धनगढी मुख्यबजारसँगै जोडिएको त्रिनगर माविको बरन्डामै सुतिरहेका छन् । बेन्च लगाएर बनाएको एउटै खाटमा उनीसहित तीनै जना सँगै सुत्छन् । ‘बरन्डामा पंखा छैन । बत्ती नहुँदा राति खाना पनि अँध्यारोमै खानुपर्छ,’ उनले भने ।

    उनीहरू भारतको महाराष्ट्रबाट फर्केका हुन् । ‘त्रिनगर भन्सार नाकामा पुगेपछि टिपरमा राखेर यो विद्यालयमा छाडिएको हो । त्यसपछि कोही पनि फर्केर आएनन्,’ सुरजले भने, ‘कोठाहरू सबै भरिएका रहेछन्, बेन्च लगाएर बरन्डामै सुत्छौँ ।’ राति लामखुट्टेले सताउन थालेपछि घरबाट झुल मगाएर लगाउन थालेको उनले बताए । बरन्डामा बिहानै घाम पर्ने भएकाले उनीहरू दिनभर छाया पर्ने विद्यालयको गेटमुनि गएर बस्छन् ।क्वारेन्टाइनमा बसेकाले घरबाटै खाना मगाएर खाने गरेका छन् । विद्यालयका दुईवटा धारा र दुई शौचालय साझा रूपमा प्रयोग गर्छन् । शौचालय कम हुँदा शौच गर्न बिहान पालो पर्खनुपर्ने चौधरीले बताए । क्वारेन्टाइनमा एउटै कोठामा ८–१० जनालाई राख्ने गरिएको छ ।

    धनगढी–१२ स्थित सिद्धनाथ माविको क्वारेन्टाइनमा बसिरहेका धनगढी जुगेडाका राकेश लुहारले एकजना संक्रमित भए सबैलाई सर्ने अवस्था रहेको बताए । ‘धारा, शौचालय एउटै प्रयोग गर्नुपर्छ । एउटै कोठामा आठजना रहेकाले व्यक्तिगत दूरी कायम गर्न सकिँदैन,’ उनले भने, ‘त्रासैत्रासले क्वारेन्टाइनमा बसिरहेका छौँ ।’यो क्वारेन्टाइनमा बसिरहेका चार जनामा आरडिटी पोजेटिभ देखिएको छ । उनीहरूसँगै अन्य ३६ जनाले प्रयोग गर्ने शौचालय र धारा पनि एउटै छ । पिसिआर जाँच नहुँदा आफूहरू त्रसित भएको आरडिटी पोजेटिभ देखिएका एक व्यक्तिले बताए ।भारतबाट फर्कनेको घुइँचो नरोकिएपछि क्वारेन्टाइनमा चाप बढ्दो छ । क्वारेन्टाइनमा सुरक्षाका उपाय अवलम्बन गर्न नसकिए समुदायस्तरमा संक्रमण फैलने अवस्था रहेको फिजिसियन डा. शेरबहादुर कमरले बताए ।

    ‘धनुषाका क्वारेन्टाइन कालकोठरी जस्ता’

    भारतबाट फर्किनेको चाप बढ्न थालेपछि धनुषाका क्वारेन्टाइनको अवस्था भद्रगोल बन्दै गएको छ । सबैला नगरपालिका–१२ स्थित फकिर चन्द माविमा सञ्चालित क्वारेन्टाइनमा बेड नपाएर मान्छेहरू भुइँमै सुतिरहेका छन् । क्वारेन्टाइन कालकोठरी जस्तो लाग्न थालेको उनीहरूको भनाइ छ ।‘गर्मीयाम भएकाले लामखुट्टेको महामारी छ, झुल छैन, पंखा छैन, हरेक रात कष्टपूर्ण ढंगले बितिरहेका छन्,’ क्वारेन्टाइनमा बसिरहेका एक जनाले भने, ‘कसलाई आफ्नो पीडा सुनाउने ? न यहाँ कोही बाहिरका मान्छे आउँछन्, न मेयर–उपमेयर आउँछन् । भगवानको सहारा बाहेक हाम्रा लागि कोही छैन ।’

    सबैला नगरपालिकाले पाँच वटा क्वारेन्टाइन सञ्चालन गरेको छ । सबै क्वारेन्टाइनको अवस्था उस्तै छ । सुरुमा केही व्यक्तिका लागि बेडको व्यवस्था गरिएको थियो, संख्या थपिँदै गएपछि नगरपालिकाले भुइँमै प्लास्टिकको फम र ओछ्यान दिएर सुत्ने व्यवस्था गरेको छ ।शौचालय नहुँदा जंगलतिर जानुपर्छ । खानाको व्यवस्था नभएपछि तिनकौरियास्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालयमा सञ्चालित क्वारेन्टाइनमा रहेकाले गत सोमबार प्रदर्शन गरेका थिए । यहाँ बसेकाहरू पनि धेरै भुइँमै सुत्न बाध्य छन् । नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑