• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘डेथबडी’ व्यवस्थापनका लागि तयारी रहन स्थानीय तहलाई आग्रह

  • वीरगंज संजाल
  • २ असार २०७७, मंगलवार ०९:०६
  • २८६९

    खोटाङ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले ‘डेथबडी’ व्यवस्थापन गर्न तयारी अवस्थामा रहन स्थानीय तहलाई आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण हुने डेथबडी व्यवस्थापन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै समन्वय समितिले जिल्लाका १० वटै स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरेको हो ।समितिको १५औँ बैठकले डेथबडी व्यवस्थापन गर्नुपर्ने अवस्था आए सम्बन्धित स्थानमा घाट तोक्ने र त्यसका लागि सम्बन्धित स्थानीय तहले नै आवश्यक सामग्रीको व्यवस्था गर्ने वातावरण मिलाउन आग्रह गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । “विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको असर जिल्लामा पनि नपर्ला भन्न सकिन्न”, उनले भने, “यदि त्यस्तो भएको खण्डमा डेथबडी व्यवस्थापन गर्न जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र नेपाली सेनासँग आवश्यक समन्वय गर्न भनिएको छ ।”

    यसैबीच समितिको उक्त बैठकले सरकारले लागु गरेको बन्दाबन्दीको समयमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न संयुक्तरूपमा बजार अनुगमन गर्ने निर्णय गरेको छ । बन्दाबन्दीको अवधिमा कतिपय व्यवसायीले धेरै मूल्य लिने गरेको र मिति नाघेका सामान बिक्री गरिरहेको जनगुनासोका आधारमा बजार अनुगमन गर्ने निर्णय गरिएको हो ।केही दिनभित्रै उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासन कार्यालय, प्रहरी, नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालयमार्फत बजार अनुगमन गर्ने निर्णय गरिएको समितिका संयोजक चाम्लिङले बताए । “बन्दाबन्दीको अवधिमा पनि जिल्लामा आवश्यक दैनिक उपभोग्यवस्तु पर्याप्त रहेको पाइएको छ”, उनले भने, “पर्याप्त मात्रामा दैनिक उपभोग्यवस्तु हुँदाहुँदै पनि विभिन्न बहाना देखाएर हुनसक्ने कालोबजारी नियन्त्रण गर्न संयुक्तरूपमा अनुगमन गर्ने निर्णय गरिएको हो ।”

    यस्तै सङ्क्रमितको सङ्ख्यालाई मध्यनजर गर्दै प्रत्येक गाउँपालिकामा १० श्यया, नगरपालिकामा २० श्यया तथा दिक्तेलमा प्रदेश सरकारको सहयोगमा ५० श्ययाको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरिएको छ । बैठकमा आर्थिक वर्षको अन्त्य हुन लागेको र लकडाउन पनि खुकुलो भएकाले जिल्ला बाहिर रहेका कर्मचारीलगायतलाई सकेसम्म रोक्ने र आउनैपर्ने भए अनिवार्य आरडिटी गराएर क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको समितिले जनाएको छ ।दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका चार सङ्क्रमितमध्ये एक उपचारपछि घर फर्किएका छन् भने तीन जना उपचाररत रहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेश श्रेष्ठले बताए । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑