बीबीसी । अमेरिकाले कोरोना भाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन नामक औषधि सेवनमा रोक लगाएको छ । अमेरिका सरकारको फÞूड एन्ड ड्रग ऐडमिनिस्ट्रेसन (एफडीए) ले इमर्जेन्सी परिस्थितिहरुमा हाइड्रोक्सिक्लोरोक्विन नामक औषधि सेवनमा रोक लगाएको हो ।मलेरियाका बिरामीमा प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिको क्लीनिकल परीक्षणमा प्राप्त नयाँ प्रमाणबाट खतरनाक भाइरसबाट बचाउन नसक्ने र बिरामी नभएकाहरुलाई पनि संक्रमणबाट जोगाउन असफल देखिएको एफडीएले जनाएको छ ।
एफडीएले मार्च महिनामा गम्भीर परिस्थितिमा हाइड्रोक्सिक्लोरोक्विन नामक औषधि सेवनको अनुमति दिएको थियो । यद्यपि, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यो औषधिको प्रयोगलाई जायज ठहर गरेको बीबीसीले जनाएको छ ।एफडीएको औषधि सेवनमा रोक लगाउने निर्णय गरेपछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सोमबार पत्रकारहरुसँग भने, “मैले औषधि सेवन गरेँ र मलाई राम्रो लाग्यो । म मा कुनै असर देखिएन । मैले यो औषधि दुई हप्ता सेवन गरेको थिएँ, म तपाईंहरु अगाडि छु ।”