वीरगञ्ज । वीरगञ्जस्थित त्रिजुद्ध माविकाे क्वारेन्टाइमा राखिएकाहरू चरम यातनाकाे शिकार भइरहेकाे खुलासा भएकाे छ ।पटकपटक विभिन्न बहानामा आफुहरू उपर क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मीहरूद्वारा निर्घात कुटपिट हुने गरेकाे क्वारेन्टाइनमा रहेका एक व्यक्तीले जानकारी गराएका छन् ।
साेमबार बिहान आफुहरूलाइ दिएकाे खानामा किरा भेटिएका कारण खान नमान्दा कुटपिट गरिएकाे उनकाे भनाइ छ ।“खाना खानै लाएक छैन, कसरी खाने ? खान नमान्दा, कुटपिट गर्छन् । जबरदस्ती खानैपर्छ ।” त्रिजुद्ध क्वारेन्टाइनबाट उनले भने “खानामा किरा भेटियाे, खान्न भन्याैँ । नानाथरीका गालीगलाैज र कुटपिट सहित त्यही खान लगाइयाे”क्वारेन्टाइनमा बस्नेरू उपर सुरक्षाकर्मीहरूले अपराधी सरह व्यवहार गर्ने गरेकाे खबर छ ।
क्वारेन्टाइनमा सरसफाइकाे अवस्था शुन्य छ । क्वारेन्टाइनमा राखिएका डस्टबिनमा फाेहाेरकाे डंगुर छ । तर, फाेहाेर सफा गर्न काेही पनि नआउने गरेकाे बताइएकाे छ ।शाैचालयमा जडान गरिएकाे धारा भाँचिएकाे छ । त्यसकाे मर्मत सम्भारका लागि पटक पटक जानकारी गराउँदा पनि समस्याकाे समाधान गर्न नसकिएकाे क्वारेन्टाइमा रहेका ति युवककाे भनाइ छ ।
स्वाब संलकन भएकाे १५ दिन भन्दा बढी समय भइसक्दा पनि अझै रिपाेर्ट आउन नसक्दा भारतबाट आएका तथा शंकास्पदहरूलाइ त्रिजुद्ध माविकाे क्वारेन्टाइनमा राखिएकाे छ ।यसअघि पनि रिपाेर्ट आउनमा ढिलाइ भयाे भन्दै आवाज उठाउँदा क्वारेन्टनमा बसेकाहरू माथि कुटपिट भएकाे थियाे ।
यस्तै नारायणी अस्पतालकाे आइसाेलेसनमा पनि गुणस्तरहिन खाना पस्केकाे भन्दै सामाजिक सञ्जाल भरि यसअघि विराेध भएकाे थियाे ।नेपालपोस्टदैली बाट सभार गरिएको छ।