• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चितवनमा किसानले लगाए धानखेतमा आगो

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०७७, आईतवार २३:०२
  • ३१३३

    चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका किसानले धान खेतमा आगो लगाएका छन् ।राप्ती नगरपालिका–४ वेलुवामा किसान कमलप्रसाद तिवारीले २२ कठ्ठा खेतमा लगाएको धानमा आगो लगाएर जोतेका हुन् । धानमा रोग लागेर बालामा भुसमात्र बाँकी रहेपछि आगो लगाएको उनले बताए ।‘पछिल्लो तीन दिनमा सबै धान सखाप पार्‍यो’ किसान तिवारीले भने, ‘झुलेको धानमा रोग लागेपछि पोकटावाहेक केही छैन, राखिरहनुको औचित्य नभएपछि जोतेको हुँ ।’ उनले जमिन ठेक्कामा लिएर खेती गरेको बताए ।यति धान रोप्दा जोताईदेखि रोग लागेपछि विषादी प्रयोग गर्दासम्म ५५ हजार रुपैया खर्च गरेको तिवारीले बताए । उनले वार्षिक प्रति कठ्ठा जग्गाको २ हजार ५ सय रुपैयाँ भाडा तिर्दै आएका छन् ।

    अघिल्लो वर्ष सोही जग्गामा ५५ क्वीन्टलसम्म धान उत्पादन गरेको बताउने तिवारीले जीवनमा नै पहिलोपटक यस्तो भएको बताए ।उनकै साँधमा खेती गर्दै आएका वुद्धिराज खरेलको पाँच कठ्ठा जग्गामा पनि हर्दिनाथ जातको धानमा यस्तै समस्या देखिएको छ । उनले आगो लगाएर नष्ट गर्ने प्रयास गरे तर बोट हरियो भएकाले आगो लाग्न सकेन । उनले चैत १० गते धान रोपाई गरेका थिए । उनको पनि तीन दिनमै सबै सखाप भयो ।

    ‘धान झुल्दा राम्रो उत्पादन हुने आशा थियो’ किसान खरेलले भने ‘पाँच कठ्ठामा १६/१७ बोरा उत्पादन हुन्थ्यो, अहिले एक गेडो पनि भित्र्याउन सकिएला भन्ने आस छैन ।’ यति धान लगाउँदा ११ हजार रुपैया खर्च खरेलले सुनाए ।वेलुवाकै किसान राधिका क्षेत्रीले धान उत्पादन नभए पनि परालका लागि भने धानको बोट काटेकी छन् । ठेक्कामा लिएर १२ कठ्ठा जमिनमा लगाएको धान नफलेपछि परालका लागि ठूलो मेसिन लगाएर काटेको उनले बताइन् ।राप्ती वडा नम्बर–४ वेलुवा आसपासमा झण्डैं २० विघा जति धानमा यस्तै समस्या देखिएको छ । पूर्वी चितवनमा हर्दिनाथ नामक धानमा, धान झुलेपछि यस्तो समस्या देखिएको छ ।

    कृषि प्राविधिकहरुले ‘नेक व्लास्ट’ रोगले धानमा क्षति पुर्‍याएको बताउँदै आएका छन् । प्रधानमन्त्री कृृषि आधुनिनिककरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाले पूर्वी चितवनमा लगाइएको धानको कुल क्षेत्रफलको आधा क्षेत्रमा यो रोग लागेको बताए ।कत्ति पनि उत्पादन नभएको प्लट धेरै रहेको उनको भनाइ छ । चितवनमा कुल ७ हजार हेक्टरमा धान खेती गरिएको छ । धान जोन क्षेत्र कुल ५ हजार ५ सय हेक्टर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑