• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युरोपले पाउनेछ कोरोना भ्याक्सिनको ४० करोड डोज, अमेरिकाले ३० करोड

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०७७, आईतवार ०७:४८
  • २९०५

    कोरोनाभाइरसको भ्याक्सिन बन्ने बित्तिकै यसलाई पाउनका लागि युरोपको इन्क्लूसिव भ्याक्सिन अलायन्सले औषधी निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्डले गरिरहेको छ ।शनिबार जर्मन सरकारले दिएको जानकारी अनसार यो सम्झौता अनुसार कम्पनीले भ्याक्सिन बनाउने बित्तिकै यसको ४० करोड डोज युरोपलाई दिनेछ । यो भ्याक्सिन युरोपेली संघका सदस्य देशलाई दिइनेछ ।

    कम्पनीले भ्याक्सिन उत्पादन बढाउने कोसिस गरिरहेको जानकारी दिँदै कोरोना महामारी उन्मूलनका लागि भ्याक्सिन कुनै फाइदा बिना नै सप्लाई गर्ने बताएको छ ।कम्पनीका अनुसार यो वर्षको अन्त्य हुनु अघि नै यसको वितरण सुरु हुनेछ ।कम्पनीका मुख्य कार्यकारी अधिकारी पास्कल सोरियाले भनेका छन्, ‘यदि सबैकुरा सही हुँदै गए युरोपका करोडौं नागरिकले यो भ्याक्सिन पाउन सक्ने कुरा यसमार्फत् सुनिश्चित भएको छ । गर्मी महिनाको समाप्ति अगावै हामीलाई यसबारे थाहा हुनेछ ।’

    पास्कल सोरियाका अनुसार भ्याक्सिन बनाउने बारे सम्बन्धित सुरुवाती डाटाको आधारमा यो प्रभावकारी हुने प्रमाणित हुनेछ ।यो अलायन्सले युरोपका सबै सदस्य देशसम्म भ्याक्सिन पुर्याउनका लागि युरोपेली कमिशनसँग मिलेर काम गरिरहेको पास्कल सोरियाले जानकारी दिए ।सम्झौता कतिमा डिल भयो यसबारे कुनै जानकारी प्राप्त छैन । यद्यपि, इटलीको स्वास्थ्य मन्त्रालयका एक स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले यो सम्झौताका लागि जर्मनी, फ्रान्स, इटल िर नेदरल्याण्डले रकम उपलब्ध गराउने भएको छ भने अन्य देश पनि यो अलायन्समा  समावेश हुनसक्ने बताएको छ ।

    कोरोनाभाइरसका लागि तत्कालका लागि कुनै भ्याक्सिन बनेको छैन । यस्तोमा यो भ्याक्सिन कति प्रभावकारी होला यसबारे हाल कुनै सटिक जानकारी छैन ।युरोपेली भ्याक्सिन अलायन्सअघि अमेरिकाले अस्त्राजेनेकासँग सम्झौता गरेको थियो । अमेरिकाले कम्पनीमा १.२ अर्ब डलर लगानी  गर्नेछ र भ्याक्सिन बनेपछि उसले ३० करोड डोज पाउनेछ ।बेलायतको अक्सफोर्ड युनिभर्सिटीले कोरोनाभाइरसको भ्याक्सिनमा काम गरिरहेको छ यसको लाइसेन्स बेलायती कम्पनी अस्त्राजेनेकासँग छ । सुरुमा यो भ्याक्सिनको नाम – ChAdOx1 nCoV-19 थियो, अहिले AZD1222 राखिएको छ ।

    अक्सफोर्ड युनिभर्सिटीले यसै वर्षको अप्रिललमा सयौं स्वयंसेवकमाथि यो भ्याक्सिनको ट्रायल सुरु गरेको थियो । अब करिब १० हजार स्वयंसेवकमाथि यसको ट्रायल जारी छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार पास्कल सोरियोका अनुसार भ्याक्सिनको प्रभावकारिता र यसको सुरक्षासम्बन्धि जोडिएको एक अध्ययनपछि ब्रिटिश मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले भ्याक्सिनको तृतीय चरणको ट्रायललाई मञ्जुरी दिएको  छ ।

    स्रोतः बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑