• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटको राजपुरमा मात्रै २१८ संक्रमित, निषेधाज्ञा पालना भएन

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७७, शनिबार १५:०७
  • २६५७

    रौतहट । शुक्रवार रौतहटमा कोरोना भाइरस (कोभिड १९) का ८६ संक्रमित थपिए । थपिएका ८६ मध्ये ८५ जना राजपुर र १ जना परोहा नगरपालिकाका थिए । संक्रमण पुष्टि भएका ८६ जनासँगै रौतहटमा कोरोना संक्रमितको सँख्या ६१७ पुगेको छ ।रौतहटको राजपुरमामात्रै संक्रमितको संख्या २१८ पुगेको छ । राजपुर रौतहटको सबैभन्दा बढी संक्रमित भेटिएको पालिका बनेको छ ।एक साता अगाडिसम्म संकलन गरिएको ११ सय जनाको स्वाबमध्ये ६०० जनाको परीक्षणको गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए ।हालसम्म राजपुरका २ हजार १ सय जनाको स्वाब परीक्षण गर्दा २१८ संक्रमित भेटिएका हुन् ।

    ‘राजपुर वडा नं. ६ र ३ मा रहेको मदरसाको क्वारेन्टिनमा रहेकामध्ये ८५ जनामा शुक्रबार संक्रमण पुष्टि भएको हो,’ राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत ठाकुरले भने, ‘पालिकाका २२ क्वारेन्टिनमा अझै पनि २ हजार ५ सय जना छन् । पालिकाले स्वाब परीक्षणको लागि आफैंले ३ हजार थान भिटिएम खरिद गरेको छ ।’ संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरु छन् ।भारतका विभिन्न सहरहरुबाट राजपुर फर्किने क्रम अझै रोकिएको छैन । शुक्रवार साँझसम्म भारतीय सहरबाट आएका ५० जना राजपुरको क्वारेन्टिनमा आएका छन् । ‘क्वारेन्टिनमा रहेका सबैको स्वाब परीक्षणका लागि नगरपालिकाले काम गरिरहेको छ,’ अधिकृत ठाकुरले भने, ‘परीक्षणको नतिजा ढिलो आउँदा क्वारेन्टिनमा समेत समस्या बढेको छ । क्वारेन्टिनमा लामो समयसम्म बस्दा पनि नतिजा नआएपछि पटक–पटक विरोध र स्वास्थ्यकर्मीमाथि समेत आक्रमण भएको छ ।’

    निषेधाज्ञा पालना भएन

    रौतहटको राजपुर र इशनाथलाई जिल्ला प्रशासन कार्यालयले सिल गरेर निषेधाज्ञा जारी गरे पनि त्यसको कुनै प्रभाव परेको छैन । जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको पालना हुन नसक्दा सो क्षेत्रका समुदायमा संक्रमण फैलने खतरा छ ।राजपुरलाई पूर्णरुपमा सिल गरेर परीक्षणको कार्यलाई तीव्र बनाउन आफूहरुले अनुरोध गर्दा पनि प्रशासनबाट सुनुवाइ हुन नसकेको भन्दै ठाकुरले असन्तुष्टि व्यक्त गरेका छन् । ‘प्रशासनले सिल गरेको भन्ने कुरा कागजमा मात्रै सीमित छ,’ उनले भने, ‘सरकार गम्भीर भएर यस क्षेत्रमा कडाइ नगर्ने हो भने संक्रमण अझै तीव्र रुपमा बढ्न सक्छ ।’कोरोना संक्रमणको इपिसेन्टर बनिसक्दा पनि रौतहटमा सतर्कता बढाइएको छैन । राजपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा बनाइएको आइसोलेसनमा २५ जना र वडा नं. ६ को मदरसामा बनाइएको आइसोलेसनमा हाल ६९ जना छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे
  • गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते
  • वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    News

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    News

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑