वीरगंज | अभिनेत्री मनिषा कोइरालाले सरकारविरुद्ध युवाहरुले गरिरहेको प्रदर्शनको ‘टाइमिङ’ माथि प्रश्न उठाएकी छन् । कम्तिमा आजको दिन सरकारलाई सडकबाट दवाव दिनु उचित नभएको आशय उनको छ ।नेपालको संसदले आज देशको नयाँ नक्शालाई आधिकारिकता दिने गरी संविधान संसोधन गर्दैछ । त्यसैले आजको दिनमा सरकारविरोधि प्रदर्शन नगर्न सामाजिक सञ्जालमा धेरैले आग्रह गरेका थिए । तर, प्रदर्शन रोकिएन । यसलाई लिएर नै मनिषाले असन्तुष्टी व्यक्त गरेकी हुन् ।टि्वटरमा मनिषाले लेखेकी छन्, ”(प्रदर्शनको) टाइमिङ निश्चितरुपमा प्रश्न उठाउन योग्य छ । मैले सँधै महसुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ । तर, यसले अहिले यति ठूलो कदम चाल्न लागिरहेको छ ।
प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन कि उनीहरु सरकारमाथि दवाव दिइरहेका छन् ?’केही दिनअघि मन्त्रीपरिषदले नेपालको नयाँ नक्शा पारित गर्दा पनि मनिषाले त्यसको समर्थनमा टि्वट गरेकी थिइन् । उक्त टि्वटलाई लिएर भारतीय मिडियाहरु मनिषामाथि खनिएका थिए । भारतीयहरुले सामाजिक सञ्जालमा उनीमाथि तथानाम गाली गरे । तर, मनिषा आफ्नो अडानबाट कत्ति पनि विचलित नबनेको आजको टि्वटले देखाएको छ ।एक साताअघि मनिषा परिवारसहित भारतबाट नेपाल फर्केकी छन् । उनी एउटा होटलमा क्वारेन्टाइन बसिरहेकी छन् ।