वीरगंज । प्रदेश न.२ को प्रदेश सभामा बोल्नु हुदै नेपाली काङ्ग्रेसका प्रदेश सभाषद माननीय ओमप्रकाश शर्माले प्रदेश बाहीरबाट हेर्दा चिटिक्क परेको जस्तो देखिएको तर भित्र धमिराले खाईसकेको बताए। प्रदेश नम्बर २ कर्णाली प्रदेश भन्दा कम आम्दानी र पछाडी रहेको आरोप समेत लगाए।त्यसैगरि प्रदेश सरकारले २ अर्ब निकाल्नु भएको र अब त्यो २ अर्ब खोई भन्ने अवस्था नआयोस भन्ने प्रश्न पनि गरेका थिए ।
प्रदेश सरकार सङ्ग पैसाको कमि छैन भन्छ तर ४५ दिन सम्म PCR मेसिन सन्चालन छैन ।प्रदेश सरकार २५ लाख दिएर आफ्नो जिम्मेवारिबाट पन्छिन खोजेको बताए। यसमा प्रतीपक्षको पनि गल्ति छ , कमिकमजोरी रहेको छ।भर्खर जन्मेको प्रदेश सरकार यसलाई सबै मिलि हुर्काउनु पर्ने जिम्मेवारीका साथ अगाडी बढन थालिएको बेला सरकारका मुख्यमन्ती , मन्त्रीहरुलाई महगो महगो गाडी चाहिन्छ , क्वाटर चाहिन्छ , मन्त्रीको नाममा काम हुनु पर्यो रे ।सान्सद शर्माले सन्सद बिकाश कोष हामिलाई चाहिदैन , हामिलाई एकपैसा चाहिदैन ।सन्सदमा ३ दलको हाउस छ ।प्रत्येक दलबाट ५ -५ जना गरि पच्चीस जना हुन्छ त्यसबाट ३३ अर्ब हुन्छ अनि सबै ठिक हुन्छ ।त्यसै गरि १० करोडमा पुरै कोरोनाको काम हुने समेत बताए।