पर्सा | प्रदेश २ मा एकै दिन २ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमित सबै भारतबाट केही दिन अगाडि आई क्वारेन्टाइनमा रहेकाहरु हुन्। प्रदेश २ मा कुल संक्रमितको संख्या १ हजार ८ सय ६ पुगेको छ। पर्साबाहेकका बाँकी सातै जिल्लामा नयाँ संक्रमित थपिएका प्रदेश २ को सामाजिक विकास मन्त्रलयले जनाएको छ। नयाँ थपिएका संक्रमित सबैभन्दा बढी ८६ जना रौतहटका छन्। त्यसैगरी सर्लाहीका ५७, सप्तरीका १८, महोत्तरीका १६, धनुषाका १५, सिरहाका ११ र बाराका एक गरी कुल २ सय ४ पुगेका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।
योसहित प्रदेश मा कुल १ हजार ८ सय ६ जना संक्रमित पुगेका उनको भनाइ छ। कोरोना जितेर ३९ डिस्चार्ज शुक्रबार प्रदेशभर कोरोना जितेर ३९ जना डिस्चार्ज पनि भएका छन्। यो सहित डिस्चार्ज हुनेको कुल संख्या पनि ४ सय २० पुगेको छ। डिस्चार्ज हुनेहरुमा सप्तरीका १७ जना, धनुषाका १० जना र महोत्तरीका १२ जना रहेका मत्रालयले जनाएको छ।
१४ हजार ९ सय १८ जनाको रिपोर्ट आउन बाँकी स्वास्थ्य परीक्षणका लागि शुक्रबार ३ सय ७९ को स्वाब संकलन पनि गरिएको छ। स्वाब संकलनको कुल संख्या ३० हजार ९ सय २२ पुगेको छ। यसमा अझै १४ हजार ९ सय १८ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेकोले संक्रमितको संख्या थप बढ्न सक्ने सम्भावनालाई नकार्न नसकिने वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए। क्वारेन्टाइनमा २८ हजार १ सय ७ जना सीमापारि भारतबाट आएर यो प्रदेशका क्वारेन्टाइनमा बसेका मानिसको संख्या १८ हजार ३ सय १९ रहेको छ। त्यसै गरी होम क्वारेन्टाइनमा पनि ९ हजार ७ सय ८८ जना छन्।