पाल्पा । बुटवलबाट पाल्पा आउॅदै गरेकाे कार सिद्दार्थ राजमार्गकाे सिद्दबाबा क्षेत्रबाट तिनाउमा खस्दा एकजना गम्भिर घाइते भएका छन् । लु १ ज ४०९३ नम्बरकाे भाडाको कार तिनाउ नदीमा खसेको हाे ।घाइते हुनेमा गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।
प्रहरी चाैकी दाेभानका प्रमुख बाल बहादुर घर्तीका अनुसार दुर्घटनाग्रस्त कार सडकबाट २०० मीटर तल तिनाउ खाेलामा खसेकाे छ । घाइते अर्यालकाे प्रादेशिक अस्पताल बुटवलमा उपचारकाे लागि पठाएकाे प्रहरीले जनाएकाे छ ।