• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सम्बन्धमा भाँजो हाल्दैछ सामाजिक सञ्जाल ?

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७७, शुक्रबार १२:२८
  • ६६४९

    वीरगंज | श्रीमान र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरंग क्षण साटिरहेका हुँदैनन् किन ?

    किनभने उनीहरुबीचमा अहिले घुस्रिएको छ, सामाजिक सञ्जाल । अर्थात फेसबुक, इन्स्टाग्राम, ट्वीटर इत्यादि । जब उनीहरु सामाजिक सञ्जालभित्र प्रवेश गर्छन्, आफ्ना पार्टनर भुल्छन् । फेसबुक, ट्वीटरमा एकोहोरिन्छन् ।जब दम्पतिबीच सम्वाद हुन छाड्छ वा सम्वादको वातावरण विथोलिन्छ, तब स–सना असमझदारी बढ्छ । स–सना समस्याहरुको जन्म हुन्छ । त्यही सानो कुरा विस्तारै हुर्कन्छ । र, यस्तो अवस्था आउँछ कि त्यसले श्रीमान्–श्रीमतिबीच शंका–उपशंका पैदा हुन्छ । त्यसपछि एकअर्कामा असमझदारी बढ्छ । मनमुटाव हुन्छ । ठाकठुक पर्छ ।

    तपाईंलाई लाग्दो हो, जाबो फेसबुक चलाउँदैमा त्यस्तो हुन्छ र ?

    निश्चय पनि फेसबुक, ट्वीटर, इन्स्टाग्राम चलाउँदैमा त्यस्तो हुँदैन । तर, जड त्यही हो । जब तपाईंको लगाव सामाजिक सञ्जालमा बढ्न थाल्छ, तपाईं भर्चुअल संसारमा हराउन थाल्नुहुन्छ । नयाँ–नयाँ सम्बन्ध स्थापित हुन थाल्छ । नयाँ साथी–सर्कलमा प्रवेश गर्नुहुन्छ । यसको साइड इफेक्ट के हुन्छ भने, तपाईं वास्तविक धरातलमा रहन सक्नुहुन्न ।

    घरव्यवहार के भइरहेको छ, बच्चाहरुको अवस्था के छ, विद्यालयमा के भइरहेको छ, बुबाआमाको स्वास्थ्यस्थिती के छ, विद्युत वा पानीको बिल बुझाइयो वा बुझाइएन यावत् कुराहरुमा गडबडी हुन थाल्छ । यसै कुराले विस्तारै तपाईंको पारिवारिक जीवनलाई गाँठो पार्दै लान्छ । र, एउटा जालोमा फसाइदिन्छ ।सामाजिक सञ्जालमा हामी यति धेरै लिप्त हुन थालेका छौं कि, पारिवारिक मूल्य र मान्यताहरु ओझेल पर्न थालेका छन् ।

    सामाजिक सञ्जालमा लिप्त भईरहँदा दम्पतीबीचको सम्वाद टुटेको छ । स्वभावैले मानिसलाई रमाइलो गर्न मन लाग्छ । हातमा स्मार्टफोन हुँदा र फेसबुक चलाइरहँदा घरायसी कुरा गर्न कसरी जाँगर चल्छ ?हामी सजिलो खोज्छौं, रमाइलो खोज्छौं । त्यही कारण त श्रीमती–श्रीमान् एकै ठाउँमा भएर पनि नभएजस्तो हुन्छ । दुबैको उपस्थिती र सामिप्यता एकअर्काले महसुष नै गर्दैनन् । न उनीहरुबीच घरायसी कुराकानी हुन्छ । न प्रेमिल संवाद नै ।

    यसरी सामामाजिक सञ्जालमा फसेर दम्पतिले आसपी सम्बन्धमा तित्तता ल्याउँछ ।अर्कोतिर समस्या जटिल छ । सामाजिक सञ्जालकै कारण अहिले सम्बन्ध विच्छेदको घटना बढेको छ । सामाजिक सञ्जालमा लिप्त भएपछि घरको सामान्य कामधन्दा नै प्रभावित भएको छ । छोराछोरी बिचल्ली परेका छन् । त्यती मात्र होइन, सामाजिक सञ्जालको फन्दामा परेर विवाहेत्तर सम्बन्ध स्थापित हुने आशंका पनि प्रवल हुँदै गएको छ । क्षणिक रुपमा मनोरञ्जन लिने हेतुले जोडिएका कतिपय सम्बन्धहरु विस्तारै जटिल अवस्थामा प्रवेश गरेको पाइन्छ । यसले अन्ततः दम्पतिबिच संशय पैदा गर्ने मात्र होइन, कलहको विऊ नै रोप्ने गरेका छन् । यसरी सामाजिक सञ्जालको प्रयोगले दम्पतीमा विकृति भित्रिएिको छ ।

    कतिपय श्रीमान् श्रीमतीको झगडा सामाजिक सञ्जालकै निहुँमा हुनेगर्छ । पासवर्डको विषयमा झगडा भएर दाम्पत्य सम्बन्ध टुट्न पुगेको घटना पनि समाजमा भेट्न सकिन्छ । अहिले दम्पतीबीचको सम्बन्ध विच्छेदको घटना कहालिलाग्दोगरी बढेको छ । र, त्यसमा एउटा प्रमुख कारण सामाजिक संजाल भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे
  • गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते
  • वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    News

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    News

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑