वीरगंज । सरकारी निर्णयपछि ट्राफिक प्रहरीले दुई पांग्रे सवारीसाधन मा चालकलाई मात्र चढ्न दिएको छ । दुई जना चढेर आएको अवस्थामा रोक्न थालिएको छ ।मोटरसाइकल र स्कुटरमा दुई जना चढ्न नमिल्ने निर्णयको सर्वसाधारणले भने विरोध जनाएका छन् । यो निर्णय व्यवहारिक नभएको उनीहरुको भनाइ छ । ट्राफिक प्रहरी “”आफूहरुले सरकारी निर्णयको कार्यान्वयन गरेको” ।
मोटरसाइकलको सन्दर्भमा जोर–विजोर सम्बन्धी नियम लागू हुने या नहुने भन्ने पनि अन्यौल छ ।ढकालले भने, ‘केही विषयमा अन्यौल सिर्जना भएका छन्, जिल्लामा रहेको सीसीएमसीमा छलफल गरेर टुंगोमा पुग्छौं ।’शुक्रबार जोड–विजोरको नियम उल्लंघन गरेको आरोपमा केहि जना कारबाहीमा परेका छन् । पास भएका सवारीसाधनलाई भने जोर–विजोरको नियम लागू भएको छैन ।